आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उज्यालो भविष्य महिला समुहको साधारण सभा तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

उज्यालो भविष्य महिला समुहको साधारण सभा तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

  • 6.2K
    SHARES
  • शिवराज आचार्य महादेबेशी ,भाद्र ६ । हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा धादिङको थाक्रे गाउँपालिकाको महादेबेशीमा बृहत सांस्कृतिक कार्यक्रम तथा उज्यालो भविष्य महिला समुहको साधारण सभा भएको छ । उज्यालो भविष्य महिला समुहको आयोजनामा बृह्त सांस्कृतिक कार्यक्रम भएको हो । हिन्दु नेपाली महिलाहरुले भगवान शिव जीको पुजा आरधना गरेर तिज मनाउने गरेका छन । आज श्री कृष्ण जन्माष्टमीको दिन पारेर आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार तथा स्थानिय कलाकारहरुले नेपाली मैलिक गितहरु गाएर दर्शकहरु लाई भरपूर्ण मनोरञ्जन दिएका थिए । कार्यक्रममा बोल्नु हुदै नेकपा नेता पृर्व मन्त्री राजेन्द्र प्रसाद पाण्डेले यस समुहलाई आफुले सकेको सहयो गदै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिब्धता जनाउनु भएको छ । महिला समुह द्धारा खरिद गरिएको एम्बुलेनसमा पनि पचास हजार सहयोग गरेको र अब भवन बनाउँदा आफुले सहयोग गने बताएका छन । कार्यक्रमका प्रमुख अतिथीका रुपमा आउनु भएको प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले नमुनाको रुपमा यस महिला समुहले काम गरेर देखाएको बताउनु भयो । महिलाले नेतृत्व लिएका समुहले जस्तो सुकै काम गर्न पनि पछि नहट्ने र कामलाई सफलता दिने गरि काम उज्यालो भविष्य महिला समुहले गरेको बताउनु भयो । समुहकी अध्यक्ष गंगा लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेल, प्रदेश सांसद तथा पर्व मन्त्री राजेन्द्र प्रसाद पाण्डे, पृर्व सांसद तथा नेकपा नेता पुष्प विक्रम मल्ल , नेकपा नेता नेत्रराज पौडेल, धुनिबेशी नगरपालिका प्रमुख बाल कृष्ण आचार्य, थाक्रेका अध्यक्ष राम कुमार आचार्य उपाध्यक्ष अम्बिका रुपाखेती , जिसस सदस्य उर्मिला रेग्मी ,नेकपाका जिल्ला कमिटी सदस्यहरु, वडा अध्यक्ष , उद्योग पति ,युवा व्यवसाही, राष्ट्रिय स्तरका कलाकार तथा स्थानिय कलाकारहरु प्रत्रकारहरुको सहभागीता रहेको थियो ।
    २०७६ भाद्र ०६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - ०३:४१:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology