शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जा

क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जा

  • 3.6K
    SHARES
  • काठमाडौं । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा छ । मुक्त कमैया आन्दोलनका बेला क्याम्पसको जग्गा कब्जा भएको थियो। त्रिवि आंगिक क्याम्पसका नाममा करिब ९० बिघा जग्गा थियो । क्याम्पसले ८ बिघामा संरचना तयार गरेर पठनपाठन सञ्चालन गरेको छ। ८२ बिघा खेतीयोग्य जमिन, सुकुम्बासी, भूमिहीनका नाममा ‘कब्जा’ मा रहेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसको जग्गामा सुकुम्बासी र मुक्त कमैयाको बस्ती विकास भएको छ। ‘क्याम्पसले जग्गा फिर्ता गर्न प्रयास गरेको छ। तर फिर्ता हुन सकेको छैन,’ क्याम्पसका सहायक प्रमुख सुदर्शन रिजालले भने, ‘जग्गा फिर्ता गराइदिन जिल्ला प्रशासन र लमही नगरपालिकामा पत्र काटेरका छौं। क्याम्पसको ३५ बिघा जग्गामा अहिले तीन सय बढी घर निर्माण गरेर बसोबास गरिएको छ। अन्य क्षेत्रमा विभिन्न नाममा अतिक्रमण भएको छ। अन्नपुर्ण पोष्टमा खबर छ । २०७६ भदौ ७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - १७:११:५८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology