शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हुम्लामा सम्पर्कको माध्याम चिनियाँ सिम

हुम्लामा सम्पर्कको माध्याम चिनियाँ सिम

  • 6.6K
    SHARES
  • सिमकोट । नेपाल टेलिकमले हालसम्म मोबाइल सेवा नपुर्‍याउँदा चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सा क्षेत्रमा चिनियाँ मोबाइल नम्बरबाट हुम्लाबासीले सम्पर्क गर्दै आएका छन् । सिमाना नजिकै रहेको चिनियाँ मोबाइल कम्पनीको टावरले काम गरेपछि हिल्सामा रहने हुम्लाबासीले उक्त सिमबाट नेपालमा सम्पर्क गर्नु परेको हो । हिल्सामा रहेका कर्मचारी, ब्यापारी र स्थानीयले दुई किसिमका चिनियाँ सिमबाट नेपालमा सम्पर्क गर्ने गरेका छन् । हिल्सामा कुल ८० घरधुरी छन् । यहाँका होटेल व्यवसायी र व्यापारी तथा स्थानीय बासिन्दाले चिनियाँ मोबाइल कम्पनीको सिम प्रयोग गरिरहेको सीमा प्रहरी पोष्ट हिल्साका प्रहरी सहायक निरीक्षक दलबहादुर श्रेष्ठले बताए । प्रहरीले पनि दुईवटा चिनियाँ सिम प्रयोग गरिरहेका छन् । पचास युआन पर्ने सिमबाट नेपालमा फोन गर्न मिल्दैन, तर एसएमएस भने गर्न मिल्छ र नेपाली नम्बरबाट त्यसमा फोन गर्न सकिन्छ । तर सय युआन पर्ने सिमबाट नेपालमा फोन गर्न मिल्छ । सिममा रिचार्ज गर्न प्रत्येक महिनाको एक तारिखमा कुर्नु पर्छ । २०७६ भदौ ७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - १८:०४:०७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology