आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पर्यटन वर्ष २०२० लाई सफल पार्न तीन तहका सरकारले योजनाबद्ध रुपमा काम गर्नुपर्छ : पर्यटनमन्त्री भट्टराई

पर्यटन वर्ष २०२० लाई सफल पार्न तीन तहका सरकारले योजनाबद्ध रुपमा काम गर्नुपर्छ : पर्यटनमन्त्री भट्टराई

  • 3.9K
    SHARES
  • फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पूर्वी नेपाल पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको र आफू त्यही मन्त्रालयको विभागीयमन्त्री भएकाले यहाँको पर्यटन प्रवद्र्धनका लागि तीन तहका सरकारले योजनाबद्ध रुपमा काम गर्दै पर्यटन वर्ष २०२० लाई सफल पार्नुपर्ने बताएका छन् । साथै वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रममा आज फिदिममा सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताए । उनले आर्थिक वृद्धिदर उकालो लाग्न थालेको र केही वर्षमै दोहोरो अङ्कको आर्थिक वृद्धिदर कायम गर्ने गरी सरकारले काम गर्ने लक्ष्य लिएको प्रष्ट पारे । मुलुक तीन तहको सङ्घीय व्यवस्थामा गएपछि कानूनी, संरचनागत र प्रशासनिक व्यवस्थापनमा सङ्घीय सरकारले धेरै समय खर्चनुपर्दा सरकारले अपेक्षाकृत कार्य गर्न नसकेको हो कि भन्ने भ्रम परेको मन्त्री भट्टराईको भनाइ छ । ‘पहिलो वर्षलाई आधार वर्ष मानेर यो सरकारले १८ वटा मौलिक हकसम्बन्धी कानून निर्माण, संविधानसँग बाझिने १५० कानून संशोधन र प्रदेशको व्यवस्थापनमा धेरै समय खर्च ग(यो’, मन्त्री भट्टराईले भने, ‘अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ ।’ संविधानले सबै आवाजहरु राख्न पाउने सुविधा दिएको प्रष्ट पार्दै मन्त्री भट्टराईले हिंसा, आतङ्क र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उत्रने जो–कोहीलाई सरकारले स्वीकार गर्न नसक्ने बताए। उनले तमोर जलाशययुक्त आयोजना, पुष्पलाल मध्यपहाडी लोकमार्ग, तमोर कोरिडोरजस्ता आयोजना पूर्वी नेपालमा अघि बढ्न लागेको बताउँदै स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिन स्थानीय तहलाई आग्रह गरे । २०७६ भदौ ७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - २१:३३:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology