शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रवि लामिछानेसहित तीनै जनालाई दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता, अदालतद्धारा बयान लिन सुरु

रवि लामिछानेसहित तीनै जनालाई दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता, अदालतद्धारा बयान लिन सुरु

  • 6.0K
    SHARES
  •   चितवन । रवि लामिछानेसहित तीनै जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, टेलिभिजनमै कार्यरत युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउनुपर्ने माग गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालय प्रहरीले दिएको प्रतिवेदन अध्ययन गरेपछि तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो । अदालतले अहिले तीनै जनासँग बयान लिन सुरु गरेको छ । यो सँगै सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । बहस सुनिसकेपछि अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्नेछ । अदालतले साधारण तारेखमा छोड्ने वा धरैटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश दिन सक्ने जनाईएको छ । २०७६ भदौ ८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - ००:३९:०८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology