शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनमा प्रशासनद्वारा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी

चितवनमा प्रशासनद्वारा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी

  • 4.0K
    SHARES
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि निषेधाज्ञा जारी गरेको हो । आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएपछि आज बयान तथा थुनछेक बहस हुनेछ । यद्यपि रवि लामिछाने निर्दोष रहेको भन्दै लगातार प्रदर्शन भइरहेको छ । आइतबार मुद्दा दायर गरेर जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि बोतल प्रहार गरेपछि झडप भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था देखा परेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ नै आज बिहान ६ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने गरी स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो । निषेधाज्ञा जारी भएका स्थान - पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म - पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म - उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म - दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार जारी गरिएको निषेधाज्ञाको उल्लंघन गर्नेमाथि ५ सयसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्ने व्यवस्था छ । २०७६ भदौ ९ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - १५:००:३१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology