आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नाम र राजधानी बहस : दलहरूभित्रै फरक-फरक मत

नाम र राजधानी बहस : दलहरूभित्रै फरक-फरक मत

  • 4.0K
    SHARES
  • जनकपुर । प्रदेशसभा गठनको डेढ वर्षपछि प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढे पनि दलहरूभित्रै मतान्तर बढेपछि यो विषय पेचिलो बन्ने देखिएको छ। प्रदेश स्थायी राजधानी र नामका विषयमा सत्तारुढ दल तथा प्रतिपक्षी भूमिकामा रहेका नेकपा र नेपाली कांग्रेसभित्रै फरकफरक मत देखिएको छ। सत्तारुढ समाजवादी पार्टी र राजपा तथा कांग्रेस सांसदले नाम तथा राजधानीबारे छुट्टाछुट्टै प्रस्ताव दर्ता गराए भने नेकपाभित्र आन्तरिक विवाद छ। प्रदेश नाम र राजधानीबारे प्रस्ताव दर्ता गराउन बिहीबारसम्मको म्याद तोकिएको थियो। म्यादभित्र प्रदेशसभा सचिवालयमा दर्ता भएका प्रस्तावलाई प्रक्रियामा प्रवेश गराउन सभामुख सरोजकुमार यादवले शनिबार प्रदेशसभा बैठक बोलाए। प्रस्ताव दर्तालगत्तै दलीय सहमतिको प्रयास थालिए पनि शनिबारसम्म मिल्न सकेन। बैठक बस्न केही घन्टा बाँकी रहँदा दलहरुकै आग्रहमा ‘अर्को सूचना जारी नभएसम्मका लागि’ भन्दै सूचना टाँस गरी बैठक स्थगन गरियो। सत्तारुढ समाजवादी पार्टी र राजपाले संस्थागत रुपमा सुरुदेखि नै प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने धारणा राख्दै आएको छ। राजधानीको विषयमा विगतमा भने प्रष्टसँग खुल्न नसकेका यी दलले अहिले ‘जनकपुर’ प्रस्ताव गरेका छन्। आजको नागरिक दैनिकमा खबर छ । २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - १५:२१:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology