शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भगवान कोइरालालाई उपकुलपति बन्न ओलीको प्रस्ताव

भगवान कोइरालालाई उपकुलपति बन्न ओलीको प्रस्ताव

  • 5.0K
    SHARES
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा सदस्य छन्। शिक्षामन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा बनेको समितिले तीन साता बित्दा पनि उपकुलपतिका लागि योग्य व्यक्ति फेला पार्न सकेको छैन। त्रिभुवन विश्वविद्यालय ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने व्यवस्था छ। समितिले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ। त्रिविको उपकुलपतिका लागि त्रिविका निवर्तमान उपकुलपतिदेखि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन अरुण सायमीसम्मको चर्चा छ। त्यस्तै मध्यपश्चिम विश्वविद्यालयमा कार्यकाल सकिएर बाहिरिएका उपेन्द्र कोइराला, त्रिविकी निमित्त उपकुलपति त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेतीलगायतको पनि दौडधुप चलेको छ। प्रधानमन्त्री स्वास्थ्यउपचारको क्रममा सिंगापुरमा रहेकाले पनि उपकुलपति नियुक्तिको प्रक्रिया केही समय धकेलिने देखिन्छ। प्रधानमन्त्री केपी ओलीले भने वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई उपकुलपति बन्न आग्रह गरेको उनी निकट स्रोतले नागरिकलाई बतायो। कोइरालाले बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले उपकुलपति बन्न तत्काल निर्णय दिने अवस्थामा आफू नरहेको प्रतिक्रिया दिएको पनि स्रोतले बतायो। आजको नागरिक दैनिकमा खबर छ । २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - १५:२८:३० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology