आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अदालतद्धारा महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश

अदालतद्धारा महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश

  • 4.3K
    SHARES
  • काठमाण्डौँ । बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ । सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ । यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाका हकमा ‘भर्जिन’ (कुमारी), बिधवा वा पारपाचुकेमध्ये एउटामा चिन्ह लगाउनुपथ्र्यो । विधवा र पारपाचुके भने कायम राखिएको छ । अदालतले ‘भर्जिन’ शब्दलाई अपमानजनक र विभेदकारीसमेत भनेको छ । यसबाट गोपनियताको हक उल्लंघन भएको पनि ठहर गरेको छ । यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएका थिए । बंगलादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन् । अन्नपुर्णमा खबर छ । २०७६ भदौ ११ गते प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७६ बुधवार - १५:१६:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology