ताल्ती बेनिघाट । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर दुइ ताल्तीमा रहेको पिपलभन्ज्याङ माध्यमिक विद्यालयमा पोषण स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका, नेपाल युथ फाउन्डेशन र शान्ती नेपालको सम्युक्त आयोजनामा पोषाण स्वास्थ्य शिबिर सम्पन्न भएको हो । पोषण स्वास्थ्य शिबिरमा बालबालिकाको तौल तथा उचाइ अनुगमन गर्नुका साथै पोषण स्वास्थ्य शिक्षा दिइएको थियो । पोषण स्वास्थ्य शिक्षा कक्षामा पोषण, यसको आवश्यकता तथा महत्त्व, कुपोषण यस्स्को कारण लक्षण तथा रोकथानका बिषयमा सहजिकरण गरिएको थियो । यसका साथै स्थानिय स्तरमा पाइने खाना र यसको पोषण महत्त्वका बिषयमा पनि सहजिकरण गरिएको थियो । पोषण स्वास्थ्य शिबिरमा ५ सय ३३ जना बालबालिकाको तौल तथा उचाइ अनुगमन गर्नुका साथै सामन्य स्वास्थ्य परिक्षण गरिएको थियो । जसमध्ये २६ जना बालबालिका मध्यम कुपोषण र १० जना बालबालिका शिघ्र कुपोषण रहेको भेटीएको छ । कडा शिघ्र कुपोषण र मध्येम कुपोषण भएका बालबालिकाको थप उपचारका लागि पोष्ण पुन स्थापना केन्द्र सुनाकोठीमा सिफारिस गरिएको छ ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर दुर्इका अध्यक्ष टङ्क बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका स्वास्थ्य सम्योजक रमेश अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल युथ फाउन्डेशन नेपालका परियोजना अधिकृत साजन नगरकोटी, शान्ती नेपालका परीयोजना सम्योजक लाल प्रसाद पोख्रेल, महादेवस्थान स्वास्थ्य चौकी प्रमुख शर्मिला डङ्गोलको आतिथ्यता रहेको थियो ।
२०७६ भदौ ११ गते प्रकाशित