शिवराज आचार्य
महादेबेशी । धादिङको थाक्रे गाउँपालिकाले ६ महिने मनोविमर्श तालिम लिएका ब्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । थाक्रे गाउँपालिकाको आयोजनामा तरङ्गिनी महिला अधिकार प्रशिक्षण केन्द्र र अन्तरँग साईको सोसियल रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्युटको प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद्को पाठ्यक्रममा आधारीित ६ महिने मनोविमर्श तालिम सफलता पुर्बक पुरा गरेकाहरुका लागी प्रमाण पत्र प्रदान गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै तरङिगीनी महिला अधिकार प्रशिक्षण केन्द्रकी अध्यक्ष डा. रेणुराज भण्डारीले मनो परामर्शको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । डा.रेणले थाक्रेमा आत्महत्याको घटना बढ्दै गएकोमा यस तालिम लिएका व्यक्तीहरुले अझै सहयोगी भूमिका निर्भाह गने बताए ।
गाउँपालिका स्तरिय एक घर एक समुह दर्ता कार्यक्रmम पनि सम्पन्न भएको छ । समुहले जमा गरेको रकममा गाउँपालिकाले २० प्रतिशत थप गरेर समुहमा सहयोग गर्र्ने गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका जिल्ला समन्वय समीतीका सभापति जगन्नाथ नेपालले मनोबिमर्श तालिम सञ्चालन गरेर थाक्रेका नागरिकहरुका लागी जीवनमा आई पर्ने विभिन्न समस्यहरुको हल गर्नको लागी यसले सहयोग गर्ने बताउनु भयो ।
थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको सभापत्विमा रहेको कार्यक्रममा जिसस धादिङ सभापति जगन्नाथ नेपाल, तरङ्गिनी महिला अधिकार प्रशिक्षण केन्द्र अध्यक्ष डा. रेणु राजभन्डारी, अन्तरंग साईको सोसियल ट्रेनिङ एण्ड रिसर्च ईन्स्टिच्युटका प्रबन्ध निर्देशक तथा मनोबिद् सुनिता श्रेष्ठ, नेकपा नेता नेत्रराज पौडेल, महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला धादिकाकी अध्यक्ष गायत्री खतिवडा, थाक्र गाउँपालिका उपाध्यक्ष अम्बिका रुपमखेति, बिभिन्न वडाका वडा अध्यक्ष, सदस्य, गाउँपालिका स्तरिय एक घर एक समुहमा आबद्ध भएका आमा दिदिहरु, लगायत अन्य स्थानियहरुको सहभागीता रहेको थियो ।
२०७६ भाद्र ११ गते प्रकाशित
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार -
०४:१२:४४ बजे