शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सच्चिँदै मिडिया काउन्सिल विधेयक

सच्चिँदै मिडिया काउन्सिल विधेयक

  • 4.4K
    SHARES
  • काठमाण्डौँ । नेपाल मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रियसभामा पेस भएको छ। सरकारले नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि विधेयक अघि बढेको हो। प्रेसलाई संकुचन गर्ने गरी विधेयक ल्याइएको भन्दै सरोकारवालाले विरोध जनाएका थिए। विरोधकै कारण विधेयक झन्डै चार महिना संसद्मा अड्किएको थियो। सत्तासीन नेकपा संसदीय दलले महासंघसँग विधेयक परिमार्जन गर्ने सहमति जनाएको थियो। तर, प्रमुख विपक्षी कांग्रेसले असहमति कायमै राखेका कारण बिहीबार मात्र विधेयकले संसद्को प्रक्रियामा प्रवेश पाएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभा बैठकमा विधेयक पेस गरे। कांग्रेसले बैठकमा पनि विधेयकमा विरोधको सूचना दिएको थियो। त्यसपछि मन्त्री बाँस्कोटाले प्रेससम्बद्ध संस्थाका माग सम्बोधन गर्ने प्रतिबद्धता बैठकमा जनाए। कांग्रेसका तर्फबाट राधेश्याम अधिकारीले विरोधको सूचना फिर्ता लिए। अधिकारीसहित कांग्रेसका सरिता प्रसाइँ, अनिता देवकोटा र प्रकाश पन्थले संयुक्त रूपमा विरोधको सूचना दिएका थिए। काउन्सिललाई सजाय गर्ने अधिकार दिइएको, मिडियालाई स्वायत्त संस्थाका रूपमा स्वीकार नगरिएको, प्रेसलाई स्वनियमनको सिद्धान्त स्वीकार नगरिएकाले विधेयकमा विरोधको सूचना दिनुपरेको सांसद अधिकारीको भनाइ थियो। ‘मिडिया काउन्सिलको काम सञ्चारकर्मीलाई सजाय तोक्ने होइन’, उनले भने, ‘मिडियाको स्तर कसरी उच्च बनाउने, मिडियालाई कसरी मर्यादित र स्वतन्त्र बनाउने भन्ने हो।’ अन्नपुर्णबाट २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - १७:४३:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology