आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तीजमा गहना लगाउँदा सचेत रहौं

तीजमा गहना लगाउँदा सचेत रहौं

  • 7.9K
    SHARES
  • गोविन्द चापागाईं हिन्दूहरूको महान् चाड हरितालिका तीज नजिकै आउँदैछ । तीज नेपालीहरूको मुख्य चाड पनि हो । विशेष गरी महिलाहरूले मनाउने तीजमा बढी तडकभडक र बढी गरगहनाको चहलपहल हुने भएकाले सकेसम्म माइती जाने धेरै महिलाले तीजमा नयाँ गरगहना लगाउने सोच बनाएका हुन्छन् । वर्षभरि काम गरेर छोरी, चेलीबेटी आफ्नो जन्मघर तीज मनाउन जान्छन् । तीजमा टाढा–टाढा रहेको आफन्तको मिलन हुने, परिवारमा रमाइलो हुने हुँदा सबै दुःख–तनावलाई थाती राखी महिलाहरू नाचगानलगायत रमाइलो गर्छन् । पतिको दीर्घायुका लागि व्रत बस्छन् भने अविवाहित महिलाहरू राम्रो वरका लागि, भगवान्को भक्तिका लागि पनि व्रत बस्छन् । [caption id="attachment_2339" align="alignleft" width="696"] लेखक : गोविन्द चापागाईं[/caption] तर, अहिले समय पूरै परिवर्तन भएको अवस्था छ । आधुनिक तरिकाको उच्छृंखल तीज गीतहरूले कतै तीजको मौलिकता हराएको त छैन रु देखावटी गरगहनाले कतै चोरी–डकैती त बढिरहेको छैन रु तीजको नाममा कतै छोरी, चेलीबेटीहरूको इज्जतमा दाग त लागेको छैन रु तडकभडकले गर्दा तीजको संस्कृतिमा ह्रास आउँदै त छैन रु अब धेरै सचेत हुनुपर्ने अवस्था आइसकेको छ । हो, वर्षको एकपटक आउने महान् चाड तीजमा गरगहना लागाउने सोच सबै महिला दिदीबहिनीहरूको हुन्छ । समाजमा हेर्ने दृष्टिकोण, परिवारमा हेर्ने दृष्टिकोणले गर्दा पनि आज धेरै दिदीबहिनी गरगहनाको सकेसम्म जोहो गर्नेतर्फ लाग्छन् । राम्रो गहना लगाएको देख्दा मेरी छोरी खुसी छे, घर–परिवारमा खुसी छाएको छ भन्ने मान्यताले गर्दा पनि गरगहनाको जोहो गर्छन् । तर के थाहा, ती आमा तथा परिवारलाई छोरीले कसरी गहना ल्याई रु घरको अवस्था कस्तो छ रु ऋण कति छ रु अनि व्यथा कस्तो छ रु तर आफ्नो परिवारको इज्जत जोगाउन, आमाबाबुलाई खुसी पार्न भए पनि धेरैजसो महिला गहना लगाएर माइत आउँछन् । ती छोरीले कसैबाट मागेर ल्याएकी होलिन्, कसैबाट चर्को ब्याजमा ऋण गरेर ल्याएकी होलिन् । तर, अब यस्तो अवस्थामा गहना चोर्ने गिरोह सक्रिय रही त्यस्ता गिरोहको फन्दामा पर्दा कस्तो अनुभव हुन्छ रु यो सोच्दा पनि कहाली लाग्छ । तीजको समयमा यस्तै घटना घट्ने धेरै दिदीबहिनीहरूको गरेको एक अनुसन्धानले बताएको छ । प्रहरीले पनि धेरै पटक बढी गरगहना नलगाआंै, बहुमूल्य सामानको सुरक्षा गरौं, तीजलाई भड्किलो नबनाऔं, सभ्य तरिकाले मनाऔं, भोजभतेरको नाममा लागूपदार्थको सेवन नगरौं, लागूपदार्थ सेवन गरी सवारी नचलाऔं जस्ता सन्देश मूलक खबरहरू सधैंझंै भन्ने गरेका हुन्छन् । केही दिनअघि मात्रै राजधानीमा सिक्री लुट्ने चार जना गिरोहलाई प्रहरिले पक्राउ गरिसकेको छ । बाटोमा हिँडिरहेको अवस्थामा राजधानीका विभिन्न ठाउँबाट महिलाहरूको सिक्री चोरी हुने क्रम बढ्दो छ भने यस्ता चोरी गर्ने गिरोह राजधानीमा सर्वत्र फैलिएका छन् । झन् तीज नजिकिँदै गर्दा धेरै महिलाले गहनाको जोगो गर्ने भएकाले चोरीका घटना बढिरहेको अवस्था छ । तडकभडक गरेर किन गहना लगाउने रु त्यसैले तीजमा गहना लगाउँदा अत्यन्त सचेत हुनुपर्ने अवस्था आइसकेको छ । तीजमा गरगहनाको तडकभडकले गर्दा महिलाका गरगहना लुट्ने गिरोहहरू दैनिक रूपमा राजधानी तथा देशका विभिन्न भागमा सक्रिय छन् । मौका छोपिहाल्छन् अनि नराम्रो घट्ना घट्छ र पछि पछुताउनुबाहेक कुनै उपाय हुँदैन । बर्सेनि तीजको समयमा यस्ता घटना बढी घट्ने गरेका देखिन्छ । विशेषगरी मोटरसाइकलमा आउने लुटेराहरू बढी सक्रिय हुन्छन् । त्यसैले आफ्नो धनमालको आफैं जगेर्ना गरौं । अरूलाई दोष लगाउनुभन्दा पहिला आफ्नो थैली आफैं बन्द गरौँ । अपरिचित व्यक्तिले दिएको खानेकुरा सकभर नखाने, बढी भीडभाड हुने ठाउँमा गरगहना लगाएर नजाने, गहना लगाएर एक्लै नहिँड्ने, कुनै शंकास्पद व्यक्ति भेटिएमा, नराम्रो हुलिया जस्तो लागेमा तुरुन्त प्रहरीलाइ खबर गर्ने गरौं । केही मात्रामा भए पनि सुरक्षित हुन सकिन्छ कि ? २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - १८:००:५८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology