आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रदेश राजधानी हेटौँडा नै तोक्न सक्ने सम्भावना, नाममा बाग्मती, काष्ठमण्डप लगायत प्रस्ताव

प्रदेश राजधानी हेटौँडा नै तोक्न सक्ने सम्भावना, नाममा बाग्मती, काष्ठमण्डप लगायत प्रस्ताव

  • 3.9K
    SHARES
  • काठमाण्डौँ । प्रदेश तीनमा नाम र राजधानी टुंगो लाग्न सकेको छैन । मकवानपुरको हेटौंडा अस्थायी मुकाम भएपनि राजधानीका लागि काभ्रेको बनेपा पनि बेला बेला चर्चामा रहेको छ । गएको आइतबारदेखि बस्दै आएको प्रदेशसभा बैठकको विशेष र शून्य समयमा सांसदले नाम र राजधानीबारे प्रश्न उठाएका छन् । तर बिहीबार प्रदेशसभा सदस्यहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी र नामबारे बोलेका छैनन् । प्रदेश तीनमा नाम र राजधानी छिटो टुंग्याउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको निर्देशन रहेको छ । त्यसैअनुसार प्रदेश राजधानी हेटौँडा नै तोक्न सक्ने सम्भावना छ । तर स्थायी राजधानी सहित प्रदेश तीनको नाममा भने अझै बहस चलिरहेको छ । बाग्मती, काष्ठमण्डप, नेपाल मण्डल लगायतका नाम प्रस्ताव भएका छन् । प्रदेश तीनमा नेकपाको दुई तिहाइ छ । नेकपा नै निर्णायक छ । नेकपाका ८१ सांसद छन् । कांगे्रस सहित अरु दलका २९ सांसद छन् । दुई तिहाइबाट नाम र राजधानी तोक्न ७४ सांसदको समर्थन आवश्यक पर्छ । २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - ०१:५५:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology