फ्रिडम प्रिन्स
अहिले त तिजले पनि झपक्क छोइसकेछ पुरुष पनि बिच बिचमा नाच्न पाउनु पर्ने दाबी गरिरहेका छन् । के पुरुषका चाहिँ बेदना पीडा छैनन र त्यही भएर नाच्न पिर मर्का पोख्न पाउनुपर्छ भन्ने गुनासो सहि छन् ।
सम्झिए फेरि आमाको जमनाको तिज अनि दर अहिले जस्तो ३० दिन पहिले बाट आमालाइ तिज लागेन सायद चिया पसल तिर बाउ भित्ते पात्रो को कुरो लेराउँदा हुन गाउका जान्ने सुन्नेले तिजको उर्दि लाउँदा हुन अनि आमालाई पनि ३० घन्टा पहिले तिजको लहर आयो बरिलै भन्ने थाहा हुँदो हो ।
छुट्टि हुने कुरोमा अहिले जस्तो लैङिक विभेद नरहे जस्तो लाग्छ अहिले त महिला लाई मात्र बिदा रे या हामी बच्चा खाल बिद्यालय जाँदैन थियौ पाठशाला छुटेर घर पुग्दा आमा घरमा भेटिन्थिन् तिजको चटारोले अरु दिन घरको खोपा तिर बासी मकै या रोटि भेटिन्थ्यो अनि किलोमा कराइरहेका बाख्रा ।
तिजको दरको चटारो आमा घरमा नै मतलव बाख्रा चराउने काम त्यो दिन परेन उनिहरु मौन उग्राइरहेका हुन्थे घर पुग्दा ताजा ताजा खाना तयार भैसकेको साँझ नपर्दै खाइवरी सुत्न लखेटी सक्थे बाउ कता हुन्थे थाहा हुँदैन थियो ।
ओछ्यान मा सुत्न त गैइन्थ्यो तैपनि निदाउने अबस्था हुँदैन थियो गाउँ भरी दिउँसै देखी हल्ला हुन्थ्यो । आज त दर खाने दिन ओछ्यानमा अनेक ब्यन्जनका बास्ना आइरहेका हुन्थे कतिबेला मलार्इ नि बोलाउलान् या नबोलाए पनि खान शुरु गर्लान र जुरुक्क उठेर टुप्लुक हाजिर लाउन गइन्छ ननिदाइ बस्नको लागि अनेक हतकन्डा अपनाउदा अपनाउदै भुसुक्कै ।
तैपनी सपना जस्तो लाग्ने गरि दर खाइन्थ्यो मध्य निन्द्रामा उठाएर खिर जोहो मेसो गरेर राखेको भुटेको आलु सिजन अनुसारको तरकारी अचार मस्त निन्द्रामा दुई थाल हसुरेर सुतिन्न्थ्यो । दर डकार नसकिदै बिहान उठाएर गाई बस्तुलाइ झिसमिसेमा बनमा चराउन पठाइदिन्थे तिजको लहर लागेको हुन्थ्यो ।
अचम्म हुन्थे गाई बस्तु पनि सधै १२/१ बजे दिउँसो जङल धपाइने उनिहरुलाइ आज झिसमिसे बिहानिमा किन खेदियो मुखामुख गर्थे र तिजको लहर चलेको पत्तो पाइन्थ्यो ११/१२ बजे बस्तु लिएर आउनु भन्ने उर्दिलाइ पनि घरी घामको रेखो हेर्दै त घरी बन बाट देखिन पर परका घरमा महिला हरु रातो सारी मा बाहिर भित्र गरेको देखेर ल बेला भएछ है भन्दै घर फर्किन्थ्यो ।
घर पुग्दा घरका आमा दिदिको पहिरन र नक्कल झक्कलले पता लाग्थ्यो ल लागेछ है तिजको लहर हतार हतार गाई बस्तु बाँधेर आफू पनि पोहोर दशैको स्कुले सर्ट कट्टु चप्पल लगाएर त्यही भिडमा मिसिँदै जात्रा हेर परको महादेव स्थान तिर लागिन्थ्यो जुन मामाघर नजिकै हुन्थ्यो ।
तिजमा आमा लिन मामा कहिले आउनुभएको थाहा भएन । मामालाइ तिजको लहर नलागेर होकि या मन्दिर र मामाघर नजिकै भएर हो नारिको बेदना आमाले न त मामालाइ सुनाको सुनियो न त हजुरआमालाई दिनभर खेती पातिको गन्थन । केटाकेटी गन्थन भोलि गर्नु पर्ने काम भोलि तिर्न जान पर्ने पर्म एस्तै एस्तै जात्रा मेलामा पुगेर गुलियो कडा वाला घुमेको मिठाई ऐठे खाने रहर त्यतिकै आमाको बेदना र गन्थन सुनेसङै टुटेर जान्थ्यो ।
बेलुका हल्ला खल्ला गर्दै घर फिर्दै रातिको बचेको दर बाट केही खाए सङै तिजको समापन नजिक हुँदै गरेको थाहा लाग्थ्यो अहिले त फरक पो भएको छ ।
फरक पनि यति धेरै म आँफै फरक भुगोलमा छु परिबेश फरक छ र पनि आमैको गाउँ ठाउको तिजको लहर वर्णन गरि साध्य छैन प्रबिधीले नजिकै बाट नियाल्न सहयोग गरेको छ कहिले तिज लहर आयो र कहिले गयो पत्तै नहुने कति सालको तिज त्यो पनि पत्तो नहुने यता पनि तिजको लहर आएको जस्तो हुने चेलिबेटिका बेदना सुनिने अनौठो बेदना ।
लहरै लहर मा महा लहर चलेको अघिल्लो पछिल्लो जुमा मा मेलोमेसो मिलाएर खुल्ला पार्क तिर पुगिन्छ झुन्ड झुन्ड चेलिबेटी देखिन्छन पेप्सी कोकको बोतललाई सुगन्धित बास्नाले भरेको प्रस्ट थाहा लाग्ने कतिको हातमा त बिदेशी सोमरसका बोतल खुलेआम उनकै गुनासा बेदना कति त सुनि साध्य भए पो । अस्ति को जुमामा घरमात्र पुगे थिए ढोका मा बान्ता गरे मेडमले झन्डै मारिनन् आज त धेरै पिउदिन ।
अर्को झुन्डमा चेलिको बेदना अर्कै झन त्यो बङालिले पैसो देला भनेको उल्टो मेरो पैसो खाइदियो अर्कि चेलिको झन चर्को बेदना त्यो पठान कस्तो खराब छ भने उल्टो उल्टो गर भन्छ पैसा त दिन्छ तर के गर्नु कस्तो सकस झन अर्किको बेदना सहन नसकिने इजिप्सिएन मुर्दाले कति दिन खाना खान नै मन लाग्दैन रे ।
यति ले मात्र मलाइ तिजको लहर को चित्त बुज्दैन फेरि नजिक रहेका बजार मा कार्यरत चेलिबेटी बेदना बुझ्ने कोसिस गर्छु हैन बैनी तिजको लहर लाग्या छैन खै कसरी लाग्नु ड्युटि रुम महिनामा एउटा छुट्टि अब त गित जस्तै ४० कटेसी लाग्ला यस्तै यस्तै ।
विरक्त लागेर फेरि पुग्छु पुरुषको भिडतिर कतै यता पनि लागेको पो छ कि तिजको लहर छुट्टि गएर तिजको लहर देश छोडेर आएको बिर्खेको बेदना लगिछे सबै आमा बाबुलाइ भन्दा उसलाइ भरोसा गरे उता पुग्दै घर रित्तै सबथोक खोजेर भेटिन आजको जुमामा रातो घोडा कुदाउने ब्यबस्था गरिदेओ केटा हो तन्खा आएसी भरपाइ गरुला ।
अर्को झुन्डमा तिजको लहर छोडेर आएको हर्के उस्तै गुनासो कमाको सबै सकिछे ज्यान बचाएर आए पुग्दा त उल्टो उसको नाठो लिएर मलाइ पिटाउन पो ठिक परेको रैछे त ।
गाउको धनेको ब्यथा झन सारो धेरै दिन देखि आज भाड माझ्न र भतेर पकाउन परेन तिजको लहरको आज व्रत हो नि त फुर्सद पाएको छु एकछिन ।
त्यसै माग आएको हो र हामी पनि नाच्नु पर्छ बिचमा भनेर पीडा छ हजुर पीडा......
२०७६ भाद्र १४ गते प्रकाशित