शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एक्सन र कमेडीले भरिपुर्ण ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक

एक्सन र कमेडीले भरिपुर्ण ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक

  • 8.0K
    SHARES
  • नागरिकपाटि सम्बाददाता  चलचित्र ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक गरिएको छ । नायक जयक किशन बस्नेतको निर्माण निर्देशन रहेको चलचित्र कमेडी र एक्सन जनराको हो । चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा जयकिशनकै लेखन, बिनोद सापकोटाको छायाँकन, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द र सुदिप पाण्डेको सम्पादन रहेको छ । ब्रबिम बस्नेत र जाहान्वी बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम माङ्मु र बिशाल गुप्ता सहनिर्माता रहेका छन् भने मदन ताम्राकार कार्यकारी निर्माता हुन् । चलचित्र भाद्र २७ गतेबाट प्रदर्शन हुनेछ । https://youtu.be/8RNLkn1FRFU

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - ०५:१४:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology