शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुर्खेतको गौहत्या प्रकरण : घटना लुकाउन खोजिँदै

सुर्खेतको गौहत्या प्रकरण : घटना लुकाउन खोजिँदै

  • 4.5K
    SHARES
  • काठमाडौं । नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ। नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाईगोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाईगोरु दैलेख लैजान स्वीकृति दिएको थियो। नगरपालिका प्रमुख डा। धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभई ट्रकमा च्यापिएर मरेको दाबी गरेका छन्। तर, स्थानीयले गाईलाई भीरबाट खसालिएको बताएका छन्। सो प्रकरणपछि चौतर्फी विरोध भएको छ भने घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरिएको छ। गृह मन्त्रालयले मृत भेटिएका ३० वटा गौहत्या प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ। गाई मारिनुको कारणबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन गृहले समितिलाई निर्देशन दिएको छ । २०७६ भदौ १५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - १६:३५:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology