शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज महेशदोभानमा “तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम २०७६” हुदै

आज महेशदोभानमा “तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम २०७६” हुदै

  • 8.9K
    SHARES
  • वैरेनि धादिङ । धादिङको गल्छि(६ महेशदोभानमा रहेको अम्लेश्वर महादेव मन्दिर परिसरमा वैरेनि युवा समुहले आज हरितालिका तिजको दिन “तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम २०७६” हुदै छ । “धर्म , लोक सँस्कृती , चाड हाम्रो पहिचान यिनको संरक्षण र सम्र्वदन गर्ने हाम्रो मुल अभियान” भन्ने मुल नाराका साथ ख्याति प्राप्त चर्चित कलाकारहरु र स्थानियहरुको बेजोड प्रस्तुति रहने वैरेनि युवा समुहका श्रीराम खतिवडाले जानकारी दिनु भयो । कार्यक्रममा अहिलेका चर्चित गित गलबन्दि, बोल माया लगायतमा हिट गित गाउनु भएको गायिका शान्ति श्री परियार । त्यसै गरि चर्चित लोक गायक पुस्कल शर्मा । सञ्चारकर्मी,कलाकार हुदैँ अहिले सबैको मन मुटुमा बस्न सफल समाजसेवि एवंम कलाकार शिशिर भण्डारी । हिमाल घले, मिना बुढाथोकि, बलबहादुर गुरुङ र कमला गैरे ,जमुना आचार्य ,रामकुमार रिमाल लगायतमा स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ । दर्शकहरुले कार्यक्रम हेर्न आउदाँ प्रवेश शुल्क तिर्न नपर्ने बैरेनि युवा समुहका अध्यक्ष संजय श्रेष्ठले जानकारी दिनु भयो ।कार्यक्रमको तयरी पुरा भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । कार्यक्रमको रेडियो राजमार्ग र नागरिक पाटी मिडीया पार्टनर रहेको छ । २०७६ भाद्र १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७६ सोमवार - १६:१३:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology