शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गौहत्या प्रकरण : दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र

गौहत्या प्रकरण : दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र

  • 4.9K
    SHARES
  • काठमाडौं । दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए। यस्तै दर्जनौं गाईगोरु घाइते छन्। दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगन्ज उपमहानगरले ति गाईगोरु पठाएको थियो। दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेका थिए। तर घटनाको एक साता पुग्नै लाग्दा जिल्ला समन्वय समिति दैलेखले उपमहानगरसँग गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको हो। अन्नपूर्णपोष्टमा खबर छ । २०७६ भाद्र १९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - १५:१२:४६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology