शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वाकको उपाध्यक्षमा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे चयन

वाकको उपाध्यक्षमा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे चयन

  • 6.1K
    SHARES
  • काठमाडौं । पानी सम्वन्धी काम गर्ने संस्था एसियन नेशनल एसेम्ली वाटर कन्सलटेटिभ वोर्ड वाकको अध्यक्षमा दक्षिण कोरियाका उपसभामुख जो सियोङ योङ चयन भएका छन भने उपाध्यक्षमा पुर्व अर्थमन्त्री समेत रहेका नेकपाका स्थायी समिति सदस्य एवं सासंद सुरेन्द्र पाण्डे चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा पाकिस्तानका महमद अफजल खान भान्डला, कम्वोडियाका चन्दारा चयन भएका छन् । त्यसैगरि महासचिवमा भने विज्ञ ज्वाङ सिवाङ लिन चयन भएका छन् । कोषाध्यक्षमा कोरियाकै सांसद लिन जोयुङ चयन भएका छन् । सम्मेलनमा ६ देशका प्रतिनिधि सहभागि थिए । सदस्यमा भने नेपालबाट सांसदद्धय अमृता थापा मगर र रामबाबु यादव निर्वाचित भएका छन् । एसियाभित्र पानीको मुद्धालाई सम्वोधन गर्न एसियाली सांसदहरुलको पहलमा यो कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय विश्वभरी नै पानीको मुद्धा पेचिलो बनिरहेको अवस्थामा दक्षिण कोरियामा आयोजित यस कार्यक्रमले विश्वभर सकारात्मक सन्देश जाने आयोजकको अपेक्षा छ । २०७६ भदौ २० गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७६ शुक्रवार - १६:०५:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology