सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

देशभर डेंगुको जोखिम, यस्तो छ डेंगुको लक्षण र रोकथामका उपाय

देशभर डेंगुको जोखिम, यस्तो छ डेंगुको लक्षण र रोकथामका उपाय

  • 4.8K
    SHARES
  • काठमाण्डौँ । काठमाण्डौ उपत्यका सहित ४२ जिल्लामा डेंगुको डर बढेको छ । वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तु धेरै हुने भएकाले पनि यस्तो लामखुट्टे शहरमा बढी देखिएको डाक्टरहरु बताउँछन् । डेंगु भएपछि उच्च ज्वरो आउँछ । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डाक्टरले बताएका छन् । स्वस्थ व्यक्तिमा पनि डेंगु हुन सक्छ डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन । यो भाइरसजन्य रोग हो । तर एडिस एजिप्टाइ नामक लामखुटट्ले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्छ । पोथी लामखुट्टेको टोकाइका कारण यो भाइरस सर्ने डाक्टरले बताएका छन् । तर यो रोग लागिका सबैलाई लक्षण भने देखिंदैन । चार जनामध्ये एक जनालाई मात्रै लक्षण देखिन्छ । त्यसैले स्वस्थ भनिएका व्यक्तिमा पनि डेंगुको जोखिम हुन सक्ने डाक्टरको भनाइ छ । डेंगुका लक्षण उच्च ज्वरो आउनु टाउको दुख्नु, पेट दुख्नु वाकवाकी लाग्नु आँखाको गेडी दुख्नु जीउ, जोर्नी दुख्नु उच्च ज्वरो आएको ३, ४ दिन पछि रातोरातो बिमिरा आउनु रोकथामका उपाय
    • पानी जम्न सक्ने भाँडाहरु जस्तैैः गमला, फुलदानी खाली गर्ने
    • बट्टा, मट्टीतेलका खाली ड्रमहरु, गाडीको टायर घरको वरिपरी नराख्ने । राख्नै परे पानी जम्न नदिने ।
    • पानी जम्मा पारेका ट्याङकी तथा बाल्टीमा एक हप्ताभन्दा बढी समय पानी नराख्ने । राख्नै परे राम्रोसँग बिर्कोले छोपेर राख्ने ।
    • फुलदानीको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने ।
    • एडिस इजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पुरै ढाक्ने कपडा लगाउने ।
    • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने
    • बालबालिकालाई सुताउँदा पनि झुल भित्रै सुताउने
    • लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि लगाउने
    • घरका झ्याल ढोकामा जाली लगाउने
    • घर वरपर सफा सुग्घर राख्ने, खाल्डाखुल्डी पुर्ने
    डेंगु देखिए के गर्ने ?
    • डेंगु रोगको लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।
    • उच्च ज्वरो आए सिटामोल र झोलिलो पदार्थ खानुपर्छ ।
    • उच्च ज्वरो आयो भन्दैमा बु्रफिन लगायतका औषधि खानु हुँदैन ।
    • समयमा नै रगत परीक्षण गराउनुपर्छ ।
    • ४० भन्दा बढी जिल्लामा डेंगुको प्रकोप अझै फैलिने सम्भावना रहेको डाक्टरहरु बताउँछन् । साउन महिना यता मात्रै २५ सय जना भन्दा धेरैलाई डेंगुको सक्रंमण भएको ईमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०७६ सोमवार - १९:५३:१० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology