शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काँग्रेसको जागरण अभियान सुरु हुँदै

काँग्रेसको जागरण अभियान सुरु हुँदै

  • 7.2K
    SHARES
  • काठमाडौं । नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान मङ्गलबारबाट सुरु गर्दै छ।काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर देशभरि एकै पटक जागरण अभियान सुरु गर्न लागिएको हो । अभियान भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अभियानअन्तर्गत पहिलो दिन ७७ जिल्लाका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षरोपण गरिने छ । प्रत्येक निर्वाचन क्षेत्रमा एकै दिन ३४ हजार ९८० बिरुवा रोपिने काँग्रेसले जनाएको छ । प्रवक्ता शर्माले ठूलो सङ्ख्यामा वृक्षरोपण गर्न स्थानीयस्तरमै बिरुवाको जोहो गरिएको जानकारी दिए। जागरण अभियानका लागि काँग्रेसले यसअघि नै दुईवटा सूची जारी गरी सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ । प्रवक्ता शर्माका अनुसार दोस्रो चरणको जागरण अभियानका क्रममा ३३० जना प्रतिनिधि परिचालन हुने छन्। प्रत्येक प्रदेशमा प्रदेशसभा निर्वाचन क्षेत्रबमोजिम प्रतिनिधि खटाइएको प्रवक्ता शर्माले बताए। जागरणका लागि परिचालित प्रतिनिधिहरूलाई आफू प्रत्यासी भई चुनाव लडेको भन्दा पृथक जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ। २०७६ भदौ २४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७६ मंगलवार - १५:४७:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology