शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उमेर घटाउँदा बालविवाहको फन्दा

उमेर घटाउँदा बालविवाहको फन्दा

  • 5.0K
    SHARES
  • सल्यान । सल्यानको शारदा नगरपालिका–४ पिपलनेटाका रमन बस्नेत र सोही ठाउँकी सन्जु न्यौपानेको गत असार २६ गते गाउँमै बिहे हुँदै थियो । विवाहमण्डपमा दुलाहाको ब्रतबन्ध हुँदैगर्दा प्रहरी त्यही आए । रमन र सन्जुको बालविवाह भइरहेको भन्दै बिहे रोक्न प्रहरी मण्डपमा आएको थियो । तर आफन्तले बालविवाह नभएको र बेहुलाबेहुली दुवैको उमेर पुगेको भन्दै प्रहरीसँग बिहे नरोक्न अनुरोध गरे । केहीबेरको छलफलपछि नागरिकता हेर्दा दुलाहा रमन १७ वर्षका र दुलही न्यौपाने पनि सोही उमेरकी देखिएपछि बालविवाहको आरोपमा प्रहरीले पक्राउ गर्‍यो । पक्राउपछि बेहुली सन्जुलाई अदालतले बालविवाहको आरोपमा २ महिना कैद र दुई हजार जरिमानासमेत तोक्यो । खासमा सन्जु र रमन दुवै जनाको उमेर २० वर्ष पुगिसकेको थियो । अन्डर–१६ ९१६ वर्षमुनिको० भलिबल प्रतियोगितामा भाग लिन रमनले उमेर घटाएर नागरिकता बनाएका कारण दुलही सन्जुले कैद सजायका साथै जरिमाना तिर्नुपर्‍यो । अहिले उनी धरौटीमा रिहा भएकी छन् । अन्नपूर्ण पोष्टमा खबर छ । २०७६ भदौ २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - १५:३०:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology