रसुवा । पहिरोको कारण अबरुद्ध मैलुङ–स्याफ्रुबेंसी सडक पन्छाउने काम भैरहेको छ । वर्षातको समयमा पहिरो खस्ने भएकाले असारको अन्तिमबाट उक्त सडक खण्डमा यातायात सञ्चालन गर्न रोक लगाइएको थियो । करिब दुइ महिनायता उक्त सडक खण्ड बन्द रहेको थियो । शनिबारबाट थालिएको काम आज पनि जारी रहेको बताईएको छ ।
पहिरोले सडक भासिँदा पासाङल्हामु मार्गको राम्चे–ग्राङ सडक खण्ड बुधबार साँझदेखि अवरुद्ध भएपछि तत्कालै यातायात सञ्चालन गर्न मैलुङ–स्याफ्रुबेंसी सडक पन्छाउन थालिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
२०७६ भदौ २९ मा प्रकाशित