शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

इन्टेग्रीटी आइकन नेपाल २०१९ का उत्कृट पाँचको नाम सार्वजनिक, भोटिङ खुला

इन्टेग्रीटी आइकन नेपाल २०१९ का उत्कृट पाँचको नाम सार्वजनिक, भोटिङ खुला

  • 4.3K
    SHARES
  • धादिङ । इन्टेग्रीटी आइकन नेपालको छैठौं संस्करण इन्टेग्रीटी आइकन नेपाल २०१९ का उत्कृष्ट पाँचको नाम सार्वजनिक गरिएको छ । यस वर्षको उत्कृष्ट पाँचमा बन तथा वातावरण मन्त्रालय, योजना सहजिकरण शाखा प्रमुख ज्ञानेन्द्र कुमार मिश्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाण्डौंका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, चुलाचुली गाउँपालिका, इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, श्री भानु माध्यामिक विद्यालय, दुम्सीचौर,तनहुँका शिक्षक प्रेम बहादुर दरै र जिल्ला अस्पताल मुगुका सिनियर अ.न.मी. पुण्य प्रभा देवकोटा रहेका छन्। मनोनयमा परेका मध्ये उत्कृष्ट पाँच जनाको नाम छनौट गर्नकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिमा, अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशि राज दाहाल,नेपाल सरकारका पुर्व सचिव एवं हाल नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र नेपाल सरकारका पूर्व सचिव जीवनप्रभा लामा रहनु भएको थियो । सन्२०१४ बाट ईन्टग्रिटी आईडल बाट सञ्चालनमा रहेको अभियानको नाम परिवर्तन भई यस वर्ष देखी ईन्टेग्रिटी आईकनको नामबाट नियमित सञ्चालनमा रहनेछ । यस वर्ष ईन्टेग्रिटी आआईकन नेपाल २०१९ कालागि ७ डिसेम्बर २०१८ बाट सुरु भई ३० मार्च २०१९ सम्म करिव चार महिनाकालागि मनोनयन खुला गरिएको थियो । जस अन्र्तगत देशका ७५ जिल्लाबाट ११९० (एघार सय नब्बे) वटा मनोनयन प्राप्त भएका थिए । अनलाईन्, सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवकहरूको सञ्जाल परिचालन गरेर मनोनयन आव्हान गरिएको थियो । ईन्टेग्रिटी आईकन नेपालको निर्देशिका, २०७५ बमोजिम छनोट प्रकृयाकोलागि तयार गरिएको मापदण्डको आधारमा विभिन्न सात चरणको छनौट प्रकृया पश्चात स्वतन्त्र निर्णायक समितिले उत्कृष्ट पाँचको छनोट गर्नुभएको थियो । अन्तिम पाँच मध्येसएमएस र वेबसाईटबाट प्राप्त जनताको मतका आधारमा निर्णायक समितिको इन्टेग्रिटी आईकनकोछनौगर्नेछन्। एसएमएस र वेवसाईटबाट भोटिङका लागि उत्कृष्ट पाँचजनालाइ बेग्ला बेग्लै भोटिङ कोड निर्धारण गरिएको छ । ज्ञानेन्द्र कुमार मिश्रकालागि भोटिङ कोड १, ईश्वर सुवेदीकालागि २, काजिमान राईकालागि ३, प्रम बहादुर दरैकालागि ४ र पुण्य प्रभा देवकोटाकालागि ५ निर्धारण गरिएको छ । भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गएर IIN टाइप गरी एक स्पेस दिएर आफुलाई चित्त बुझेको ब्यक्तिको भोटिङ कोड लेखि ३४००१ मा पठाउन सकिने छ । त्यसैगरी भोटिङ http://www.integrityicon.org/voting मा गएर पनि गर्न सकिने छ । भोट गर्ने अवधि भाद्र २६ गते बिहिबार साँझ ६ः०० बजे AP1 टेलिभिजनमा कार्यक्रम प्रशारण भएदेखी सुरु भएर असोज ४ गते शनिबार राति १२ बजेसम्म खुल्ला रहने छ ।“सुवात गरेको छैठौं वर्षमा आइपुग्दा, यस अभियानले सयौं सरकारी कर्मचारीका उत्कृष्ट अभ्यासलाई बाहिर ल्याएको छ । साथसाथै उनीहरूलाई सदाचारीताको विषयमा संवाद गर्ने साझा मञ्च पनि दिएको छ । यसरीे सामुहिक रुपमा उनीहरूबाट आएको निष्कर्सलाई संस्थागत मात्र गर्ने हो भने त्यसलेसार्वजनिक सेवालाई सुशासन युक्त र जवाफदेही बनाउनेमा दुईमत छैन । यसलाई अंझै बृहत रुपमा अगाडी लैजान बिभिन्न तह तप्कामा यस विषयमा बहस हुन जरुरी छ ।” आयोजक संस्था एकाउन्टबिलिटी ल्याब नेपालका प्रमुख नारायण अधिकारीले जानकारी बताउनुभयो ।
    २०७६ भाद्र ३१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७६ मंगलवार - १९:४९:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology