शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल टेलिकमले ल्यायो विशेष अफर

नेपाल टेलिकमले ल्यायो विशेष अफर

  • 4.5K
    SHARES
  • काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । यही असोज ३ गते संविधान दिवस मनाइन लागेको अवसर पारेर टेलिकमले १ सय रुपैयाँमा ३ जीबी डाटा उपलब्ध गराउने अफर ल्याएको हो । यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको छ । सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ । यस योजनामा सहभागी हुनका लागि  *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । २०७६ असोज १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - ०१:४५:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology