शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

के लोकतन्त्र खतरामा छ ?

के लोकतन्त्र खतरामा छ ?

  • 3.5K
    SHARES
  • काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि आइलागे जाइलाग्ने बताएका छन्। २७ दिनपछि बुधबार दुईवटा सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागे जाइलाग्ने बताएका हुन्। ‘लोकतन्त्रमाथि खतरा आइसकेको छैन तर खतरा निम्त्याउने प्रयासहरू भइरहेका छन्। बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे। सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्ने छ। सरकार चुप लागेर बस्दैन,’ सिंहदरवारस्थित नयाँ संसद् भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। उनले कसैको पनि नाम ननिी र डमरुको उदाहरण दिएर जाइलाग्ने चेतावनी दिएका थिए। उनले प्रतिबन्धित विप्लव समूहको नाम नलिई नेपाली समाजमा हिंसाका लागि कुनै स्थान नरहेकाले बताए। ‘केही हिंसात्मक प्रयासहरू क्षणिक वितण्डा मात्रै हुन्, हिंसा र लुटपाट मच्चाउनेलाई सरकारले छुट दिँदैन,’ उनले भने। नागरिक दैनिकमा खबर छ । २०७६ असोज २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - १५:३४:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology