शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कार्यसम्पादन सम्झौता अनुसार काम नगरे कर्मचारीलाई कारबाही

कार्यसम्पादन सम्झौता अनुसार काम नगरे कर्मचारीलाई कारबाही

  • 4.9K
    SHARES
  • काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको कार्यसम्पादन सम्झौता अनुसारको कामका लागि असोज मसान्तभित्र बोलपत्रका सम्पूर्ण काम सम्पन्न गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६र७७ का कार्यक्रमहरूको द्वैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । बोलपत्रको काम सम्पन्न हुन नसकेका परियोजनाहरू मङ्सिरबाट कार्यान्वयनमा नै नआउने भन्दै उनले बोलपत्रको टुङ्गो लाग्न नसकेका परियोजनाहरूको बजेट माघदेखि थुतेर लिने र अन्य शीर्षकमा रकमान्तर गरिने चेतावनीसमेत दिए । निर्धारित समयभित्र कार्यसम्पादन सम्झौता अनुसारको काम सम्पन्न हुन नसकेमा सम्बन्धित निकायलाई कारबाही हुने स्पष्ट पार्दै उनले मन्त्रालयलाई कामको विवरण चाहिने बताए । फरक प्रसङ्गमा बोल्दै उनले फागुन ७ गतेभित्र नेपालगन्जबाट जसरी पनि प्रकाशन सुरु गर्न गोरखापत्र संस्थानलाई निर्देशनसमेत दिए । सोही अवसरमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले समयसीमाभित्र आआफ्नो जिम्मेवारीको काम पूरा गर्न मातहतका निकायलाई निर्देशन दिँदै चालू आर्थिक वर्षभित्रका कामहरूका लागि असोजभित्र बोलपत्र आह्वानको प्रक्रिया पूरा गर्न नसकिए काममा समस्या आउन सक्ने चेतावनी दिए । २०७६ असोज २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - १५:४१:३० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology