धार्के । नौबिसे नागढुँगा सडकको विभिन्न स्थानमा सवारी चाप छ । बढि जिर्ण भएको स्थानहरुमा कालोपत्रे गर्ने काम भैरहेकाले सवारी साधनको चाप भएको हो । मँगलबार बिहानै देखि पनि सवारी साधनको लामो चाप छ ।
केहि दिन देखि लगातार सवारी साधनको चाप हुँदा यात्रुहरुले सास्ती पाएका छन् । चाडपर्व नजिकँदै गर्दा गरिने कालोपत्रेका कारण आफुहरुले बढि दुख पाएको यात्रुहरुको गुनासो छ । जिर्ण तथा उकालो र घुम्ती यस सडकमा एउटा सवारी साधन विग्रिँदा पनि सवारी साधनको लामो लाईन हुने गर्छ ।
२०७६ असोज ०७ गते प्रकाशित