शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेकोे गणिशे खेलमैदानमा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

थाक्रेकोे गणिशे खेलमैदानमा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

  • 5.5K
    SHARES
  • शिवराज आचार्य धार्के । धादिङको थाक्रे गाउँपालिको बडा नम्बर ८ मा रहेको गणिशे खेलमैदानमा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउँपालिका पृर्वी भेगीया विद्यालयको आयोजनामा सांस्कृतिक कार्यक्रम भएको छ । कार्यक्रममा १६ वटा विद्यालयको सहभागीता रहेको थियो । सांस्कृतिक कार्यक्रममा पृर्वी भेगीयाको आधारभूत र माध्यमिक विद्यालयहरुको सहभागीता रहेको थियो । आजको साँस्कृतिक कार्यक्रममा ग्रुप नृत्य,एकल नृत्य,हिसाब दौड,म्यजिकल चेयर्स,चम्चा गुच्चा दौड प्रतियोगीता भएको छ । म्यजिकल चेयर्स प्रतियोगीतामा महाङकालेश्वरीका माविका एलेक्स लामा प्रथम,जनता आधारभूत विद्यालयका यूनिक थोकर दितिय,ज्योती माध्यमिक विद्यायलका अविरल रेग्मी तृतिय भएका छन । चम्चा गुच्चा दौडमा हरिहर भोजकुमारी माध्यमिक विद्यायलका मनिष परियार प्रथम,सरस्वती आधारभूत विद्यालयका मनिष मगर दितिय ,कालिका माध्यमिक विद्यालयका सचिन भुजेल तृतिय भएका छन । हिसाब दौडमा बाघभैरब आधारभूत विद्यालयका सुबर्ण सुबेदीले प्रथम स्थान प्राप्त भएका छन । एकल नृत्यको १ कक्षा देखि ५ कक्षा सम्ममा सेतिदेवि माभ्यमिक विद्यालय प्रथम, उडुवा देवि आधारभूत विद्यालय दितिय र केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालय तृतिय भएका छन। ६ कक्षा देखि १२ कक्षा सम्मको एकल नृत्यमा ज्योती माध्यमिक विद्यालय प्रथम ,सेतिदेवि माध्यमिक विद्यालय दितिय, महाङकालेश्वरी माध्यमिक विद्यालय तृतिय भएका छन। त्यसै गरी विद्यालयको सामुयिक नृत्यको १ देखि ५ कक्षा सम्मको प्रतियोगीतामा ज्योती माध्यमिक विद्यालय प्रथम ,उडुवा देवि माध्यमिक विद्यालय दितिय र जनता आधारभुत विद्यालय तृतिय भएका छन भने कक्षा ६ देखि १२ सम्मको सामुयिक नृत्यमा ज्योति माध्यमिक विद्यालय प्रथम,लिति महाङकाल माध्यमिक विद्यालय दितिय र महाङकालेश्वरी माध्यमिक विद्यालय तृतिय भएको छ । कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्बिका रुपाखेतीले प्रतियोगीतामा प्रथम ,दितिय र तृतिय हुने विद्यालय र विद्यार्थीलाई ट्रफि प्रमाण प्रत्र प्रदान गर्नु हुदै अध्यक्ष आचार्य र उपाध्यक्ष रुपाखेतीले दशैं तिहार र छठ पर्वको सबै थाक्रे बासिहरुलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा थाक्रे गाउँ पालिका अध्यक्ष राम कुमार आचार्य ,उपाध्यक्ष अम्बिका रूपाखेती ,वडा नम्बर ७ का वडा अध्यक्ष राम कुमार बस्नेत,वडा नम्बर ८ का वडा अध्यक्ष केशब प्याकुरेल , वडा नम्बर १० का वडा अध्यक्ष गोकुल लामिछाने विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधि ,अभिभावक विद्यार्थीहरूका उपस्थिति रहेको थियो ।
    २०७६ असोज ०८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ९, २०७६ बिहिवार - ०५:१४:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology