शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

खुला स्थानमा शौचालय गएको भन्दै दुई बालबालिकाको कुटेर हत्या

खुला स्थानमा शौचालय गएको भन्दै दुई बालबालिकाको कुटेर हत्या

  • 5.5K
    SHARES
  • नयाँ दिल्ली । भारत मध्यप्रदेशको शिवपुरी जिल्लामा खुला स्थानमा शौचालय गएका दुई बालबालिकाको कुटेर हत्या भएको छ । सो जिल्लाको भावखेडी गाउँमा बुधबार विहान बाल्मीकि समाजका दुई बच्चा १२ वर्षिया रोशनी र १० वर्षका अविनास पञ्चायत भवनको अगाडि सडकमा पिसाब फेर्दै थिए । प्रहरीका अनुसार स्थानीय हाकिम यादब र उनका भाइ रामेश्वरले दुवै बच्चालाई सडकमा पिसाब नफेर्न आग्रह गरेका थिए । सडक फोहर नगर्न भन्दै उनीहरुले एक्कासी दुवै बच्चालाई लाठीले पिट्न थालेका थिए । प्रहरीले दुवै आक्रमणकारीलाई पक्राउ गरेको छ । दुवै बच्चा एकै घरका हुन् । अविनासका पिता मनोज बाल्मीकीले दुवै बच्चा बिहान ६ बजे पिसाब फेर्न निस्केको र हाकिम तथा रामेश्वर मिलेर उनीहरुलाई लाठीले पिटेको जनाएका छन् । रोशनी मनोजकी बहिनी हुन् । उनीहरुले मृत्यु हुन्जेल कुटेको र आफूहरु पुग्दा दुवै भागी सकेको मनोजले जनाएका छन् । दुवै बच्चाको शव पोस्टमार्टमको लागि शिवपुरी जिल्लाको केन्द्रमा पठाइएको छ । दुवै बच्चाको घरमा शौचालय नभएकोले उनीहरु बाहिर गएका थिए । प्रहरीले आक्रमणकारीप्रति कारबाही प्रक्रिया अघि बढाएको छ । स्थानीय पञ्चायतमा गाउँको शौचालयको लागि भनेर रकम आएपनि नबनाइदिएको मनोजले गुनासो गरेका छन् । सो घटनाको सर्बत्र निन्दा गरिएको छ । ९बीबीसीबाट० २०७६ असोज ०९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ९, २०७६ बिहिवार - १७:१०:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology