शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लिलाकालीमा दशैं विशेष शुभकामना आदान प्रदान तथा नृत्य प्रतियोगिता सम्पन्न

लिलाकालीमा दशैं विशेष शुभकामना आदान प्रदान तथा नृत्य प्रतियोगिता सम्पन्न

  • 9.5K
    SHARES
  • शिवराज आचार्य सिम्ले । विजया दशमी २०७६ विशेष शुभकामना आदान प्रदान एवम् सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता धादिङको थाक्रे २ घलेगाउँमा रहेको लिलिकालि माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । विश्व शान्त दिवसको अबसरमा सुरूवात गरिएको लैंगिक समानताको लागि म नामक जनचेतनामुलक अभियानको पनि सुबार्मभ भएको छ । नेपालीहरूको महान पर्व विजया दशमीको अबसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक राजन अर्यालले बताउनु भयो । नृत्य प्रतियोगितामा विद्यालयका १३ जना एकल नृत्य रहेको थियोे भने ५ वटा समुहको सामुहिक नृत्यमा सहभागी रहेका थिए ।विद्यार्थीले नेपाली मौलिक गितहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । एकल नृत्य प्रतियोगितामा सरिता तामाङ प्रथम,देवकी रिजाल दितिय,नविना कमर तृतिय र आरती खतिवडाले सान्तना स्थान प्राप्त गरेका छन । नृत्य प्रतियोगीतामा सहभागीहरु लाई प्रमाण पत्र प्रदान गरिएको थियो । भने सामुहिक नृत्यमा सपना हु म गीतमा सरिता तामाङ सि,सरिता तामाङ डि,डोलमाया तामाङ र निर्मला तामाङको समुह प्रथम भएका छन। नृत्य प्रतियोगिताको निणयक कुमार बैरागी ,राजनी लामा र विपना गोलेले रहनु भएको थियोे । कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्बिका रुपाखेतीले दशैं तिहार र छठ पर्वको सबै थाक्रे बासिहरुलाई शुभकामना दिनु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जङग बहादुर तामाङको सभापति रहेको कार्यक्रममा थाक्रे गाउँ पालिका अध्यक्ष राम कुमार आचार्य ,उपाध्यक्ष अम्बिका रूपाखेती ,वडा नम्बर २ का वडा अध्यक्ष राज कुमार पौडेल, सिड्सका कार्यकारी निर्देशक गोकण रुपाखेती,जिफन्ट धादिङका संस्थापक अध्यक्ष सुरेश आचार्य, विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधि ,अभिभावक विद्यार्थीहरूका उपस्थिति रहेको थियो । आज भएको कार्यक्रम लाई PEACE for people को सहयोग थाक्रे गाउँपालिकाले समन्वय र रेडियो राजमार्ग ९२.१ मेगाहर्जले मिडिया पाटनरको भूमिका रहेको थियो । २०७६ असोज ०८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १०, २०७६ शुक्रवार - ०४:२४:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology