आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जामका कारण महादेबबेशीमा बस भित्र एक जनाको मृत्यु

जामका कारण महादेबबेशीमा बस भित्र एक जनाको मृत्यु

  • 6.2K
    SHARES
  • धार्के । रौतहट बाट उपचारका लागि काठमाडौ आउदैं गरेका दुवै मृगौला फेल भएका ३५ वार्षिय रूपलाल शाहको रात भरको सडक जामको कारण धादिङको थाक्रे ६ महादेबबेशी स्थीत पृथ्वी राजमार्गमा बस भित्रै अकालमा मृत्यु गएको प्रहरीले जानकारी दिएको छ । गरिव परिवार भएका कारण एम्बुलेन्समा आउन नसके पछि बसमा यात्रा गर्दै आउनु भएका शाहको जाममा बस भित्र मृत्यु भएको हो । केही दिन देखि नौविसे नागढुङगा सडक खण्डमा सवारी जाम धादिङ तर्फ २२ किलोमिटर सम्म हुने गरेको छ । राजमार्ग अस्तब्यस्त हुदा समेत सम्बन्धित निकाय मुख दर्सक बनेर बसेका छन । गरिव र बिपन्न हरुको स्वास्थ्य उपचार र बाच्न पाउने अधिकारको सुरक्षा हुनु पर्ने यात्रा गर्ने यात्रुहरू बताएका छन । २०७६ असोज १० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १०, २०७६ शुक्रवार - १६:३०:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology