आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उपत्यका छाडेर घर जानेको संख्या बढ्दै, एकै दिन साढे दुई लाखले काठमाण्डौँ छाडे !

उपत्यका छाडेर घर जानेको संख्या बढ्दै, एकै दिन साढे दुई लाखले काठमाण्डौँ छाडे !

  • 5.5K
    SHARES
  • काठमाडौं । दसैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ । एकै दिन साढे २ लाख बढी यात्रु बाहिरिएका छन् । अहिलेसम्म १५ लाखभन्दा बढी यात्रु दसैं मनाउन उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले बुधबार मात्र २ लाख २१ हजार ३ सय ६९ यात्रु बाहिरिएको जानकारी दिए । बिहीबार बुधबारको तुलनामा उपत्यकाबाट बाहिरिने यात्रु अझै वृद्धि भएको उनको भनाइ छ । मंगलबार १ लाख ९९ हजार १ सय २९ यात्रु बाहिरिए भने सोमबार १ लाख ५७ हजार बाहिरिएका थिए । एकै दिन लाखौं यात्रुहरू उपत्यका छाडेर बाहिरिरहेका छन् । यातायात व्यवसायीले बस थपेको जनाए पनि कतिपय यात्रुले भने अहिले पनि टिकट नपाइरहेको गुनासो गरेका छन् । प्रवक्ता पौडेलले टिकटको समस्या सामान्य रहे पनि ठूलो मात्रामा नदेखिएको बताए । सरकारले दसैंमा २५ लाख मानिस बाहिरिने अनुमान गरेको छ । प्रवक्ता पौडेलले दसैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्रने पनि उति नै रहेकाले त्यो संख्या केही कमी हुन सक्ने बताउँछन् । अघिल्ला वर्षभन्दा यो वर्ष उपत्यकामा आएर दसैं मनाउनेको संख्या वृद्धि भइरहेको देखिएको छ । सामान्यतयाः दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरिने गरेकोमा अहिले काठमाडौं उपत्यका भित्रिने यात्रु पनि बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । २६ असोजमा सरकार र यातायात व्यवसायीबीच ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । यात्रुहरूले १६ देखि १९ गतेसम्म टिकट नपाएको गुनासो गर्दै आएका छन् । आजको राजधानी दैनिकमा खबर छ । २०७६ असोज १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७६ शुक्रवार - १५:२५:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology