शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रचण्डले दिए नौ महिनामा चारपटक आन्दोलनको धम्की

प्रचण्डले दिए नौ महिनामा चारपटक आन्दोलनको धम्की

  • 4.5K
    SHARES
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्। उनले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल जान अनुमति दिए जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका हुन्। दलका कार्यक्रम वा अन्य कार्यक्रममा पनि उनले त्यस्ता अभिव्यक्ति दिएका छन्। बिहीबार मात्रै गृहजिल्ला चितवन पुगेर उनले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताए। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिस्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको उनको भनाइ थियो। ‘हामी त जीवनको उत्तराद्र्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ। यो महान् उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौं पनि’, उनले भने। यसअघि असोज ६ मा आयोजित कम्युनिस्ट आन्दोलनकी नेत्री सहाना प्रधानको स्मृति दिवस कार्यक्रमममा पनि दाहालले फेरि एउटा अर्को आन्दोलन चाहिएको बताएका थिए। उनले त्यो कार्यक्रममा त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिस्पर्धात्मक हुने बताएका थिए। ‘हामी हिजो जेलाई आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त रु हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ सो कार्यक्रममा दाहालले भनेका थिए, ‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिस्ट पार्टीको जस्तै हुन्छ।’ गत वैशाख २२ मा पनि कार्ल माक्र्सको २०१औं स्मृतिदिवसको अवसर पारेर आयोजित ‘समृद्धि र समाजवादः हामी कहाँ छौं रु’ विषयक विमर्श कार्यक्रममा पनि दाहालले फेरि जंगल पस्ने बताएका थिए। कार्यक्रममा दाहालले भनेका थिए, ‘मैले जसरी भन्न खोजें, मेरा केही बुझाइ, भावना, अनुभव सेयर गर्ने हिसाबले प्रस्तुत भएँ। र म के ठान्छु भने फेरि एकपटक सम्पूर्ण चिज त्याग गरेर जंगल जान्छु भन्ने विश्वास छ, जरुरी परे।’ नागरिक दैनिकमा खबर छ । २०७६ कात्तिक १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०७६ शुक्रवार - १५:३४:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology