शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

खै कहाँ छ द्रुत विकास ? प्रधानमन्त्री भन्छन्, आँखा खोले देखिन्छ !

खै कहाँ छ द्रुत विकास ? प्रधानमन्त्री भन्छन्, आँखा खोले देखिन्छ !

  • 4.6K
    SHARES
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दाबी गरे पनि वास्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्। दुईतिहाइको बलियो सरकार गठन भएपछि सर्वसाधारणको जस्तो आशा थियो, त्यसअनुसार सरकारले द्रुत गतिमा काम गर्न सकेको छैन। पहिलेदेखि नै निर्माणाधीन आयोजनाको गति ओली सरकारका पालामा झनै घटेको छ। विगत तीन वर्षको तुलनामा यो वर्ष सरकारको पुँजीगत बजेट खर्च सबैभन्दा कम भएबाट पनि काम गराइ मन्द गतिमा भएको पुष्टि हुन्छ। प्रधानमन्त्री ओलीले भने सार्वजनिक रुपमै पटकपटक सरकारले विकास निर्माणमा छलाङ मारेको बताइरहेका छन्। नेकपाले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा सरकारले विकास गर्न सकेन भनेर आलोचना गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा विकास र समृद्धिका लागि धेरै काम भएका छन्। आँखा चिम्लेर केही पनि भएको छैन भन्नेहरुले आँखा खोलेर हेर्नुपर्छ।’ प्रधानमन्त्री ओलीले सामन्त वर्गले मात्र मुलुकमा केही पनि भएको छैन भनेर हल्ला पिटाएको आरोप लगाउँदै विकासका सवालमा बुढाबुढीलाई गएर सोध्न आग्रह गरे। ओलीले विकास निर्माणमा सरकारले छलाङ मारेको बताउँदै आए पनि न त सरकारी तथ्यांकले त्यसलाई पुष्टि गर्न सकेको छ न सर्वसाधारणले नै काम भएको महसुस गरेका छन्। चालु आर्थिक वर्षको तीन महिना (असोज २९) सम्ममा सरकारले पुँजीगत बजेट ४.३८ प्रतिशतमात्र खर्च गरेको छ। गत वर्ष यही अवधिमा ७.१९ प्रतिशत बजेट खर्च भएको थियो। गत वर्ष असोजसम्म २२ अर्ब ५९ करोड रुपैयाँ पुँजीगत बजेट खर्च भएकामा यो वर्ष १७ अर्ब ९७ करोडमा सीमित छ। यो तथ्यांकलाई हेर्दा प्रतिमहिना डेढ प्रतिशत अर्थात् ६ अर्ब रुपैयाँ हाराहारी बजेटमात्रै आयोजनामा खर्च गर्न सकेका ओलीले विकास भएको भन्नु आफैंमा हास्यापद हो। प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य बिमा लागू गरेको, जनताको लगानीमा जलविद्युत् आयोजना बनिरहेका, ऊर्जामा जनतालाई सेयर दिएको, पोखरा र लुम्बिनीमा एयरपोर्ट बनिरहेको, फास्ट ट्र्याकको काम द्रुतगतिमा भइरहेको, पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम सकिएको, सयौं ठाउँमा पुल बनिरहेको फेहरिस्त सार्वजनिक गर्दै काम नगरेको भन्नु पूर्वाग्रहमात्र भएको आरोप लगाए। नागकि दैनिकमा खबर छ । २०७६ कात्तिक १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०७६ शुक्रवार - १५:४०:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology