काठमाण्डौँ । निर्माता तथा निर्देशक छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल अझै प्रहरीको खोजीको सुचिमा छन् । प्रहरीले बहुविवाहको उजुरीमा उनीहरु दुवैलाई खोजी गरिरहेको जनाएको छ । मिडियाबाट लुकेर हिँडिरहेका छवि र शिल्पा दुवै जनालाई प्रहरीबाट खोजी कार्य जारी छ ।
शिल्पाले भुमिगत रुपमा अभिनयको लागि चलचित्रहरु खोजी गरिरहेकी छिन् । छविको बारेमा भने कसैलाई केही अत्तोपत्तो छैन । केही महिना अगाडि छविकी पहिलो पत्नी हिमा ओझाले उनीहरु दुवै जनालाई बहुविवाहको उजुरी हालेकी थिइन् । त्यो भन्दा अगाडि शिल्पाले श्रीमान छविबाट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर प्रहरीमा उजुरी दिएकी थिइन् । यही विवादको क्रममा हिमाले पनि छवि र शिल्पालाई सम्बन्ध विछोड नै नगरी विवाह गरेको भनेर बहुविवाहको उजुरी दिएकी हुन् ।
२०७६ कार्तिक ०४ गते प्रकाशित