काठमाण्डौ । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या झण्डै २ करोड पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्टअनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ९८ लाख ४१ हजार ६ सय पुगेको छ ।
१ करोड ९८ लाख इन्टरनेट प्रयोगकर्तामध्ये ७९ प्रतिशत प्रयोगकर्ता मोबाइल इन्टरनेटका रहेका छन् । मोबाइल इन्टरनेट र फिक्स्ड ब्रोडब्यान्ड गरी नेपाल टेलिकमका ग्राहक ९६ लाख ८१ हजार रहेका छन् । यस्तै एनसेलका इन्टरनेट सेवाका ग्राहक ६८ लाख १३ हजार ४ सय ८३ रहेका छन् । यस्तै स्मार्ट टेलिकमका ग्राहक २ लाख २४ हजार ५ सय ५८ जना रहेका छन् ।
इन्टरनेट सेवा प्रदायक अर्थात आईएसपीएसका ग्राहकको संख्या ३१ लाख २२ हजार रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
२०७६ कार्तिक ०४ गते प्रकाशित