शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिलो नेपाल लोकस्टार बने शनि विश्वकर्मा

पहिलो नेपाल लोकस्टार बने शनि विश्वकर्मा

  • 5.2K
    SHARES
  • काठमाण्डौ । शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल भएका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् । यस्तै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पारेका छन् । यस्तै चेतन गोतामे ९स्याङ्जा० लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा हात पारेका छन् । विनोद दनुवार ९उदयपुर० ले भने प्रतियोगितामा तेस्रो स्थान हात पारे उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरेका छन् । यस्तै रामकुमार नेपालीले इलेक्ट्रि फाइङ्ग पर्फर्मेन्स अवार्ड हात पारेका छन् । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भएका छन् । ‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित भएका हुन् । नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका थिए ।
    २०७६ कार्तिक ०८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०७६ शनिवार - ०४:४४:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology