आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भाइटीकाको दिनमा पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था

भाइटीकाको दिनमा पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था

  • 7.3K
    SHARES
  • काठमाण्डौ । भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम ६० प्रतिशत मात्रै भएकाले यस वर्ष पनि सर्वसाधारणले मन्दिर प्रवेश गरी दर्शन गर्न पाउने छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भाइटीकाका दिन रानीपोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको बताएको छ । १२ गतेका दिन बिहान सात बजेदेखि साँझ साढे सात बजेसम्म दर्शनको व्यवस्था गरिएको प्राधिकरणले जानकारी गरेको छ । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा ढिलाइ हुँदा यस वर्षको तिहारमा पनि बालगोपालेश्वर मन्दिर नखुल्ने भएको हो ।
    २०७६ कार्तिक १० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १०, २०७६ आइतवार - २०:२५:४३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology