आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

समृद्धी

समृद्धी

नागरिक पाटी

२२, कार्तिक २०७६
  • 6.4K
    SHARES
  • विकास पुडासैनी गणतन्त्र नेपाल, जिन्दाबाद जिन्दाबाद जनताको अधिकार जनताकै हातमा दिन्छौ दिन्छौ । पखेरा भरिका अपुत्राका बोटलाई नाङ्गो बनाउदै बाल मस्तिष्कमा गणतन्त्रको छाप बसाउँदै पखेरा भरी कुद्नु जिन्दगीको पहिलो बुझाइ वा नबुझाइको राजनीति थियो । देउराली डाँडामा धुलो उड्थ्यो, धुलो सङ्गै एउटै आवाज आउँथ्यो गणतन्त्र नेपाल जिन्दाबाद जिन्दाबाद । हो हामी त्यहि नारा लगाउँथ्यौ पहिले पहिले । परिवर्तन भन्ने शब्द त सुनेकै थिएनौँ तै पनि हामी परिवर्तनको लागि लड्छौँ, भन्दै दस बर्षे जनआन्दोलन एक दिनको खेलमा रुपान्तरण गर्थौ । बिकास भनेको आफ्नो नाम मात्र हो भन्ने थाहा थियो । तै पनि पखेरा भरी परिवर्तन र बिकासको नारा लगाउँथ्यौ । के परिवर्तन र बिकास त्यो बचपनामा खेलिएको खेल जस्तो मात्र थियो ? ६ बर्षको उमेरमा बिकास भन्नाले आफू र परिवर्तन भन्ने शब्दको अर्थ थाहा नहुँदै देखि नियाल्दै आएको राजनिती आज पनि जहाँको त्यहीँ छ । परिवर्तनका नाममा कत्तिले भटमासको भरमा रात गुजारेको प्रत्यक्षदर्शी स्वयं मैले देखेको छु । तिनै परिवर्तनका लागि लागि परेर लाग्नेहरु आज फाइभ स्टारमा बसेर महङ्गो खाजा खाने भै सके तर पनि देश बालापनमा नै छ । गणतन्त्रको नारा लगाउँदै गर्दा लागेको खुट्टाको चोट आज सृफ एउटा खत (दाग) मा मात्र सिमित भैसको तर देशमा लागेको घाउ आज पनि आलोको आलै छ । बिकास आफ्नो नाम मात्र नभएर अर्कै हो भन्ने सोचाइ दिमागमा आउदा सम्म पनि देश त्यही बच्पनाको खेलमै अल्झी रहेको छ । समयले झन्डै एक दसक पूरा गरि अझ अगाडि बढ्दा सम्म परिवर्तन र बिकास आकासको फल आँखा तरि मर नेपाली उखान जस्तै भएको छ । समय फेरियो, अबस्था फेरियो, शासन फेरियो , तर शासन गर्नी शैली परिबर्तन भएन । नयाँ योजना नआएका पनि होइनन, बाटो नदेखेका पनि होइनन, कुर्सिमा असक्षम मान्छे बसेका पनि होइनन तर परिबर्तन र बिकासका लागि हामी कहाँ नेर चुक्यौ भनेर हेर्ने शासक भने हामीले आज सम्म नपाएकै हौ । सँधै पुर्खाको बहादुरीलाई ठुला–ठुला रङ्ग मञ्चमा यएर हजारौंको भिडबाट ताली खादै निबास फर्किदै समाचारको हेडलाइनमा बन्ने हो भने देशमा ताली बजाउने मान्छेको अभाव नहोला भन्न सकिन्न । कसै गरि ताली बजिहाल्यो भने पनि सत्र बर्ष मुनि र वृद्धका हातको मात्र तालीमा खुसी हुँदै फर्किनु नपर्ला भन्न सकिदैन । हिजो पुर्खाले अँग्रेजबाट स्वतन्त्र राखेको देश आज कृषि प्रधान भनेर चिनिन्छ तर समग्र कृषि उपजमाथि अर्कैले शासन गरेको कुरालाइ किन अन्देखा गरिँदै छ । हजारौ खानी भएको सम्भाबनाको देश, जल स्रोतमा धनी देश तर आज विद्युत उर्जा र खनिज इन्धनको क्षेत्रमा अर्कैको राज छ । तर पनि अझै युगौ देखिको स्वतन्त्रताको कुरामा खुसी हुनु बेगर अरु बाटो छैन जस्तो मात्र गर्दै छौ । सुनिन्छ विश्व युद्दको दौरान देशले आफ्नो पक्षको देशलाइ सहयोग गरेको कुरा राष्ट्रिय गौरवको कुरा हो तर त्यही कुराले खुसी हुनु र बर्तमान अबस्थालाई अन्देखा गर्नु साचै ठिक हो त । पुर्खाको सपना सिर्फ भाषण र तालिको राजनिती मात्र थिएन । पक्कै पनि शासकहरु त्यही सपना बुझ्नबाट चुकेका हुन् । पुर्खा देशलाइ स्वतन्त्र आत्मनिर्भर देख्न चाहन्थे । पुर्खाले हामीलाई एउटा स्वतन्त्र मुलुक सुम्पे तर एउटा कुसल शासकको अभाबमा देश अझै पनि आत्मनिर्भर हुन सकेन । पुर्खाको मर्मलाइ अबुझ गरेर अझै पनि आफ्नु तरिकाबाट मात्र देश चलाउने हो भने राजा छोडेर बहुदलमा आएका जनता फेरि अर्को बिकल्प तिर नलाग्लान भन्न सकिँदैन । अब देशको शासन यस्तो ब्यक्तीको हातमा जाओस जो दुरदर्शी होस , आटिलो होस उ यस्तो होस् कि समग्र सहिदको बिचारको पुञ्ज पुत्र होस अनि न्यायको लागि रजहङ्सी हो् । पहिलेको स्वतन्त्रताको मातमा भुलेर वर्तमान अबस्थालाई अन्देखा नगर्ने होस हरेक घरको दियो बनोस। निमुखा र बोल्न नसक्नीहरुको आवाज बनोस्, युवाको हौसला र प्रेरणाको स्रोत बनोस उन्नती र प्रगतीको लागि गोरेटो बनोस र समग्र मुलुकको प्रतिनिधित्व गर्ने स्तम्भ बनोस् । ६ बर्षको उमेर देखि नियाल्दै आएको राजनितीक अबस्था ६० बर्षसम्म पुग्दा पनि उस्तै नहोस् । पछिल्ला पुस्तालाइ केहि सुनाउँदा गर्व गरेर सुनाउन सकियोस् । ६० बर्षको उमेरमा केही नयाँ बिचार माथि छलफल गर्ने बाताबरण निर्माण होस् । देश साँच्चैको कृषि प्रधान होस् युवा खेतका डिलभरी हाँस्दै बसेको देख्न पाइयोस् नकि खाडीको घामबाट निस्किएको पसिना सङ्गैको अनुहार फेस्बुकको भित्तामा । देश आफ्नै खनिज र उर्जाले सम्पन्न भएको देख्न पाइयोस नकि नाका बन्दिको बेला हाहाकारमा कुदेको, र समग्रमा देश समृद्द भएको देख्न पाइयोस नकि बिकासको सम्भाबना मात्र भएको ।
     

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०७६ शुक्रवार - ०१:२१:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology