आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको गल्छी ८ चुलि गोगनपानीमा बाघ बच्छला मेला २०७६ हुँदै

धादिङको गल्छी ८ चुलि गोगनपानीमा बाघ बच्छला मेला २०७६ हुँदै

  • 7.5K
    SHARES
  • महेश्वर सुबेदी ,धार्के । धादिङको गल्छी गाउँपालीका ८ चुलिमा कार्तिक २५ गते सोमबार बाघबच्छला मेला २०७६ हुदै छ । धार्मीक तथा ऐतिहसिक स्थल बाघ बच्छला मन्दिरको संरक्षण तथा प्रवर्दन र प्रचारप्रसार गर्नका लागी मेला आयोजना गरिएको मेला आयोजक समीतिले जनाएको छ । मेलाका अबसरमा बाघबच्छला मन्दिर क्षेत्रबाट हिमशृखलाहरुको अवलोकन गर्न सकिने तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण र प्रवर्दनका लागी सरोकारवालाहरुको उपस्थितीमा अन्तरकृया कार्यक्रम समेत हुने बाघबच्छला मन्दिर ब्वस्थापन समितीले जानकारी दिएको छ । साथै मेलामा स्थानिय झाँकिहरुको प्रदशनी समेत हुने छ । साविक गोगनपानी गाउँबिकास समीति वडा न २ मा पर्ने बाघबच्छलामा हरेक बर्ष कार्तिक शुक्लपक्षको चतुर्दशीका दिन बेलुका बत्ति बाल्ने र पुर्णीमाको दिन जात्रा लाग्ने गर्दछ । बाघबच्छला मन्दिर व्यस्थापन समितीको आयोजनामा हुन गैरहेको कार्यक्रममा सह आयोजक उज्यालो युवा समाज , साउनेपानी कोल्पुखोला सामुदायिक बन उपभोक्ता समिती र सिमपानी कालीका सामुदायिक बन उपभोक्ता समिती गल्छि ८ रहेको छन भने गल्छी गाउँपालिका सहयोगी रहको कार्यक्रममा नागरिक पाटी र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज मिडिया सहयोगीका रुपमा रहेको छ ।
    २०७६ कार्तिक २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०७६ शुक्रवार - ०५:१६:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology