शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दरबारमार्गस्थित ल्यान्डमार्क होटल प्रकरण : बलात्कार काण्डका मुख्य दोषीलाई पाँच वर्ष कैद

दरबारमार्गस्थित ल्यान्डमार्क होटल प्रकरण : बलात्कार काण्डका मुख्य दोषीलाई पाँच वर्ष कैद

  • 5.7K
    SHARES
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले करिब २२ महिनाअघि दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारका मुख्य दोषी शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद सजाय तोकेको छ। अदालतले पीडित युवतीलाई उनका प्रेमी भनिएका शैलेशले सात लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला पनि गरेको छ। यही कात्तिक ७ गते जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले जबर्जस्ती करणीमा शैलेशलाई दोषी ठहर गरेको सोही अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए। नयाँ कानुनअनुसार दोषी ठहर भएपछि शैलेशमाथि कात्तिक २१ गते सजाय निर्धारण गरिएको थियो। अदालतले जबर्जस्ती करणी मुद्दामा मतियारका रूपमा रहेका दीपक श्रेष्ठ र विकास गौतमलाई पनि जनही १४ महिना कैद हुने फैसला गरेको छ। अदालतले प्रेमी भनिएका शैलेशलाई मुख्य दोषी ठह¥याउँदै जेल र क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको हो। घटनामा मुछिएका चार प्रतिवादीमध्ये एक फरार छन्। फरारबाहेक बाँकी तीनजनालाई जिल्ला अदालतले कसुर ठहर गर्दै सजाय निर्धारण गरेको हो। मुद्दामा मुछिएका रवि पौडेल भने फरार छन्। २०७४ माघ ७ गते एक युवतीमाथि उनकै प्रेमी भनिएका शैलेशको सहयोगमा चारजनाले सामूहिक बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो। पीडित युवतीले घटनाको भोलिपल्ट आफूलाई आफ्नै प्रेमीसहित चारजनाले सामूहिक बलात्कार गरी नग्न तस्बिरसमेत खिचेको भन्दै जाहेरी दिएकी थिइन्। पीडितले आफूलाई लाजिम्पाटको एक क्याफेमा लगेर वाइनमा मिसाएर केही खुवाएको उल्लेख गरेकी थिइन्। नागरिक दैनिकमा खबर छ । २०७६ कात्तिक २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०७६ शुक्रवार - १७:२९:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology