शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महन्त जगन्नाथको बदमासी : मटिहानी मठको जग्गा गुठीकै नाममा फिर्ता

महन्त जगन्नाथको बदमासी : मटिहानी मठको जग्गा गुठीकै नाममा फिर्ता

  • 5.2K
    SHARES
  • काठमाडौं । रुपन्देहीको भैरहवास्थित मटिहानी मठका तत्कालीन महन्त जगन्नाथ दास वैष्णवले व्यक्तिगत बनाएका तथा बिक्री गरेका गुठीका जग्गा धमाधम फिर्ता ल्याउन थालिएको छ । मटिहानी मठका मठाधीश जगन्नाथ दास बैष्णवले आफूखुसी गुठीको जग्गा व्यक्तिगत नाममा बिक्री गरेको पाइएपछि गुठी संस्थानले छानबिन गरी गुठीकै नाममा जग्गा फिर्ता गर्न थालेको हो । यसैक्रममा संस्थानले रूपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिका–६ रामजानकी मठगुठीको जग्गाको सम्बन्धमा फैसला गरी फिर्ता गरेको छ । वैष्णवले गुठीको निजी नाममा नामसारी गरी व्यक्ति विशेषलाई बिक्रीवितरण गर्दै आएको समाचार आएपछि संस्थानले वैष्णवमाथि कारबाही थालेको थियो । संस्थानका जग्गा शाखाका प्रमुख जयप्रसाद रेग्मीले वैष्णवले व्यक्तिगत बनाई बिक्री गरेको जानकारीपछि संस्थानले वैष्णवलाई निलम्बन गरी कारबाही थालिएको बताए । ‘छानबिन क्रममा वैष्णवले गुठीको जग्गा हिनामिना गरेको ठहर भयो । तत्पश्चात् वैष्णवलाई निलम्बन गरी रैकर दर्ता एवं बिक्री बदर गरी गुठीकै नाममा दर्ता गर्ने क्रममा छौं,’ रेग्मीले भने । उनले धेरै स्थानका जग्गा फिर्ता भएको र अझै छानबिन जारी रहेकाले फिर्ता हुने क्रममा रहेको बताए । संस्थानले मंगलबार फैसला गरी भैरहवास्थित मठको जग्गा रामजानकी गुठीकै नाममा फिर्ता भएको जनाएको छ । राजधानी दैनिकमा खबर छ । २०७६ मँसिर ४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७६ बुधवार - १६:४३:१६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology