शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेसका २१ आरोप : सरकार हरेक क्षेत्रमा असफल

कांग्रेसका २१ आरोप : सरकार हरेक क्षेत्रमा असफल

  • 7.1K
    SHARES
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले २१ महिनामा २१ वटा गम्भीर त्रुटि गरेको आरोप लगाएको छ। उसले सरकारको २१ महिना बिनाउपलब्धि बितेको ठहर पनि गरेको छ। केन्द्रीय कार्यालय सानेपामा मंगलबार मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कांग्रेसले सरकारको २१ महिना निराशाजनक रहेकाले उपनिर्वाचन परिणाम आफ्नो पक्षमा आउने दाबी गरेको छ। प्रतिबद्धतापत्रमा लेखिएको छ, ‘उपनिर्वाचनको परिणामले सरकारलाई सच्चिने मौका र भूमिका दिन सदछ।’ कांग्रेसले प्रमुख प्रतिपक्षीका रुपमा आफ्नो दलको भूमिका सम्यम् र जिम्मेवारपूर्ण रहेको तर सरकार असफल भएकाले उपनिर्वाचन परिणाम पार्टीको पक्षमा आउने विश्लेषण गरेको छ। पाँच वर्षका लागि गठन भएको कम्युनिस्ट नेतृत्वको सरकारको सफलता र असफलताको समग्र मूल्यांकन पाँच वर्ष पुग्दैगर्दा हुने बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘बिहानीले दिउँसोको संकेत गर्छ भनिए झैं दुईतिहाइको सरकारको २१ महिना अर्थात् एक तिहाइ समय सकिइसकेको छ र यो अवधिले बाँकी परिणाम पनि सुखद हुने संकेत बिल्कुलै दिएको छैन।’ कांग्रेसले सरकार हरेक क्षेत्रमा जनअपेक्षा अनुसार काम गर्न असफल भएको निष्कर्ष निकाले छ। उसले राष्ट्रियताको विषयमा सरकार पूर्णरुपमा असफल भएको र कालापानीसहितका भूमि फिर्ता लिन पनि कूटनीतिक पहल नगरेको आरोप लगाएको छ। ‘कालापानीलगायत हाम्रो भूभागबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्छ। ती भूभाग फिर्ता लिन कम्युनिस्ट नेतृत्वको सरकारलाई कांग्रेसले सम्पूर्ण रुपले साथ दिने सार्वजनिक घोषणा पनि हामीले गरिसकेका छौं,’ उसले भनेको छ, ‘तर राष्ट्रिय एकताको यो घडीमा सार्थक कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलमार्फत परिणाममुखी राष्ट्रवाद प्रस्तुत गर्न सरकार असफल भएको छ।’ नागरिक दैनिकमा खबर छ । २०७६ मँसिर ४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७६ बुधवार - १६:४४:५२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology