शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आलमको भिडियो सार्वजनिक भएपछि प्रहरी नै तनावमा

आलमको भिडियो सार्वजनिक भएपछि प्रहरी नै तनावमा

  • 3.8K
    SHARES
  • गौर । तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मो।आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन्। असोज २६ गते बिहान आलमलाई पक्राउ गरी इद्रिसगेटदेखि गौर ल्याउने क्रममा जीपमा भएको भिडियो सम्वाद आलम पुर्पक्षका लागि जेल चलान भएपछि सार्वजनिक भएको हो। भिडियो सार्वजनिक भएको विषयमा प्रहरी अधिकारीहरू नै अन्यौलमा छन्। आलमलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकृतले जीपमा आलमसँग सम्वाद गरेका थिए। आलमले प्रहरी अधिकृतलाई थर्काउँदै जिल्लामा आगो लगाइदिने समेत भनेका थिए। हाइप्रोफाइल व्यक्तिलाई पक्राउ गर्दा कसरी गरिएको थियो र उनी कुन अवस्थामा थिए, मानवअधिकार र प्रचलित कानुनको खिलाफमा गरिएको थियो की भन्ने बारेमा कुनै निकायले प्रश्न गर्दा प्रमाणको लागि जीपमै सम्वाद रेकर्ड गरिएको प्रहरीको भनाइ छ। एक प्रहरी अधिकृतले भने, ‘हाइ प्रोफाइलका भीआइपीलाई पक्राउ गर्दा पछि जवाफ दिन सजिलो होस् भन्ने उद्देश्यले यस्ता प्रमाण प्रहरीले राख्ने गर्छ।’ जिल्ला प्रहरी कार्यालयले मुद्दाको अनुसन्धान पछि भिडियो जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय गौरमा बुझाएको थियो। भिडियो कसरी बाहिरियो भन्नेमा आफूहरू अचम्ममा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले बताए। भिडियोका कारण अनावश्यक तनाव थपिएको उनले प्रतिक्रिया दिए। डीएसपी कार्की सोमबार बिदामा घर गएका छन्। आलमलाई कारागार चलान गरिएकै दिन जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटवाल र न्यायाधीश दीपक ढकाल पनि बिदामा बसेका थिए। आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित कात्तिक १९ गते तीनवटा मुद्दा दर्ता भएको थियो। कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यानमार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदाबी गरी जिल्ला सरकारी वकिलाको कार्यालयले मुद्दा दर्ता गरको थियो। आजको अन्नपूर्ण पोष्टमा खबर छ । २०७६ मँसिर ४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७६ बुधवार - १६:४७:१४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology