आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पाकिस्तान भारतलाई हराँउदै फाइनलमा प्रवेश

पाकिस्तान भारतलाई हराँउदै फाइनलमा प्रवेश

  • 5.0K
    SHARES
  • धादिङ । बंगलादेशको ढाकामा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा भारतलाई पराजित गर्दै पाकिस्तान फाइनल प्रवेश गरेको छ। आज बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई तीन रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान सुरक्षित गरेको हो। टस जितेर पहिला व्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ६७ रन बनाएको थियो। पाकिस्तानका लागि ओमाइर युसुफले सर्वाधिक ६६ रन बनाए। यस्तै सैफ बदारले ४७, हइदर अली खानले ४३, रोहैल नाजिरले ३५ र इमरान रफिकले २८ रन जोडे। भारतका शिवम मावी, सौरभ दुवे र ऋतिक शोकीनले दुई–दुई विकेट लिएका थिए। २ सय ६८ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा २ सय ६४ रन मात्रै बनाउन सक्यो। भारतका लागि शानवीर सिंहले ७६, रबि शरदले ४७, अर्मान जफरले ४६ र चिनमय सुतारले २८ रन जोडेपनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। पाकिस्तानलाई जित दिलाउन मोहम्मद हुसैन र सैफ बदारले दुई–दुई विकेट लिएका हुन। दोस्रो सेमिफाइनलमा भोलि बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदै छ।
    २०७६ मँसिर ४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ५, २०७६ बिहिवार - ०४:५१:२५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology