आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साग भलिबलको खेलतालिका सार्वजनिक, नेपाल कठिन समूहमा

साग भलिबलको खेलतालिका सार्वजनिक, नेपाल कठिन समूहमा

  • 8.6K
    SHARES
  • काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला तथा पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। महिलातर्फ नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा भारत र बंगलादेश छन्। समूह ‘बी’मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान छन्। ६ टोली सहभागी प्रतियोगिताका खेल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ। नेपालले नोभेम्बर २७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै भारतसँग नोभेम्बर २२ मा खेल्नेछ। सागमा भलिबल उद्घाटन अगावै सुरु हुनेछ। केही समयअघि मात्र सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाल उच्च मनोबलका साथ सागमा सहभागी हुँदैछ। दुई वटै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा विष्ट, कमला पुन, सलिना श्रेष्ठ, उषा भण्डारी र हीरा केसी छन्। यसैगरी पुरुषतर्फको खेलतालिका पनि बुधबार नै सार्वजनिक गरिएको छ। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपाल कठिन समूहमा परेको छ। नेपालको समूहमा भारत र बंगलादेश छन्। यसैगरी समूह बीमा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्। पुरुष टोलीले पनि नोभेम्बर २७ मै बंगलादेशसँग पहिलो खेल खेल्नेछ। इम रानाको कप्तानीमा नेपालले १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ। अन्नपुर्णपोष्टमा खबर छ । २०७६ मँसिर ६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ६, २०७६ शुक्रवार - १४:५७:१६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology