शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद

गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद

  • 5.6K
    SHARES
  •   गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ। बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको बुझिएको छ । ढकाल दम्पती निलमले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । फैसला बुधवार न्यायाधीश विदुर कोइरालाको इजलासले सुनाएको हो । जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिएका छन् । मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थालाई टेकेर दुवैको सहमतिमा उनीहरुको सम्बन्ध विच्छेद भएको हो । उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन् । शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी समेत बुझिएको छ । तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १०, २०७६ बिहिवार - ०१:२७:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology