आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अनुपममा गुञ्जिए प्रभाती र सुभद्रा

अनुपममा गुञ्जिए प्रभाती र सुभद्रा

नागरिक पाटी

२१, माघ २०७६
  • 9.7K
    SHARES
  • काठमाडौं । अनुपम सिर्जना प्रतिष्ठानको ९० औँ शृङ्खलामा गजलकारहरू प्रभाती किरण र सुभद्रा ढकालले आफ्ना गजल सिर्जना सुनाएका छन् । एड मार्क कलेजको हलमा सम्पन्न अनुपम विशेष शृंखलामा गजलकार किरणलाई आफ्ना सुपुत्र पुष्कलले साथ दिए । कार्यक्रममा दुवै स्रष्टाले पाँचपाँच वटा गजल वाचन गरेका थिए । उक्त अवसरमा अनुपमले यस वर्ष आयोजना गरेको देउसी कार्यक्रमको आयव्ययसमेत प्रस्तुत गर्नुका साथै आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि डा.घनश्याम परिश्रमीले गजलको विधागत संरचनाका बारेमा अभिव्यक्ति राख्दै वाचित गजलमाथि सङ्क्षिप्त टिप्पणी गरेका थिए । प्रतिष्ठानले विगत आठ वर्षदेखि राजधानीको पश्चिम भेगमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । यसै महिनाबाट सुरू गरिएको विधागत विशेष वाचनको आगामी कार्यक्रम बैशाखमा कविता वाचनका साथ आयोजना गरिने प्रतिष्ठानका महासचिव जितु खड्काले जानकारी दिएका छन् । २०७६ माघ २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :माघ २१, २०७६ मंगलवार - ०५:३६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology